बर्दियामा जन्ती बस दुर्घटना, ४ जनाको मृत्यु, २६ घाइते

बर्दिया, २३ फागुन । बर्दिया जिल्लामा जन्ती बोकेको बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा २६ जनाभन्दा बढी घाइते भएका छन् ।
बर्दियाको धधवार गाविस वडा नं. ७ दुध्धाबाट बबई नगरपालिका–१० शाहीपुर जन्ती गएको भे १ ख ८५४ नम्बरको बस वेहुली लिएर फर्किदै गर्दा शानिबार राति करीव साढे ९ बजे बबई नगरपालिका–६ सैनवारको जम्ती खोला पुल नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा परी जन्ती गएका धधवार–७ दुध्धाका १७ वर्षीय विष्णु थारु, वर्ष १९ का सन्तोष थारु, वर्ष १९ का निरज थारु र वर्ष १४ का अरुण थारुको ज्यान गएको ईलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । वेहुला वेहुली भने जिपमा सवार थिए । बसको भित्र र छतमा गरि करिव ५० बढी जन्ती थिए ।
घाइतेहरुलाई स्थानीय भुरीगाउँ बजारमा प्राथमिक उपचार गरी थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।
पल्टिन लागेको बसबाट ज्यान जोगाउन छतबाट हाम फल्दा पल्टेको बसले किच्दा उनीहरुको ज्यान गएको प्रहरीले अनुमान गरेको छ । बसका चालकलाई ईप्रका भुरीगाउँले नियन्त्रणमा लिएको छ ।
क्षमताभन्दा बढी मानिस चढेको बस कच्ची सडकको खाल्डोमा चालकले नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget