दाेलखाबासीकाे अाराेप : सरकार हाम्राे भुमि चिनले मिच्याे

दोलखा । नेपालको चीनसँग सीमा जोडिएको दोलखाको लामाबगर गाविसमा रहेको सातवटा सीमास्तम्भमध्ये दुईवटा सीमास्तम्भबारे सरकार बेखबर रहेको पाइएको छ । सीमामा दुई स्तम्भ पहिलेकै ठाउँमा नभए पनि नेपाल सरकारले त्यसबारे कुनै चासो दिएको देखिँदैन ।

चीनसँग सिमाना जोडिएको लामाबगर गाविसस्थित जोमखोला ङुयाङ्लुङमा रहेको ६० नम्बरको पिलर २०५५ सालमा बाढीले बगाइसकेको छ भने ५६ नम्बरको पिलर पनि बगाउने अवस्थामा रहेको स्थानीयवासीले पटकपटक जानकारी गाउँदा पनि स्थानीय प्रशासनले कुनै ध्यान नदिएको उनीहरुके गुनासो रहेको छ । त्यसैगरी लामाबगरको लप्ची गुम्बाभन्दा माथि रहेको ५७ नम्बरको पिलर पनि हिउँले ढाकेको स्थानीयको भनाइ छ । चीनसँग सीमा जोडिएको लामाबगर गाविसमा रहेको ५५, ५८, ५९ र ६१ नम्बरको पिलर भने पहिलेकै अवस्थामा रहे पनि ती पिलरको देखरेख हुन नसकेको स्थानीयवासीको भनाइ छ ।

चीनसँग सीमा जोडिएको लामाबगरको फलाक मार्ग सञ्चालन, नेपाल, भारत र चीन जोड्ने लामाबगरसम्मको सडक निर्माण, नियमित सीमा बैठक, भूकम्पपछि अवरुद्ध भएको तातोपानी नाका निर्वाध सञ्चालनजस्ता कुरालाई नेपाल सरकार र चीन सरकारले प्राथमिकता दिन नसकेको सरोकारवालाको गुनासो रहेको छ ।
चीनसँग सीमा जोडिएका जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र नेपालसँग सीमा जोडिएको चीनको सीमा क्षेत्रका प्रशासकबीच कम्तीमा हरेक वर्ष संयुक्त बैठक हुनुपर्नेमा सोसमेत हुन नसकेको बताइन्छ ।

दोलखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने सीमास्तम्भ र सीमा क्षेत्रको गतिविधिबारे सरकारले चासो दिएको उल्लेख गर्नुहुँदै भूकम्पपछि भने दुई देशको सीमा अधिकारीको बैठक भने हुन नसकेको बताउनुहुन्छ । दोलखाको लामाबगरस्थित चीनसँगको सिमानामा रहेको सीमास्तम्भमध्ये ५६ र ६० नम्बरको स्तम्भमा समस्या रहेको र त्यसको मर्मत र साविक ठाउँमा राख्न नेपाल तथा चीन सरकारको नापी विभागको प्राविधिकसहितको टोलीले छिट्टै काम सुरु गर्ने दोलखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने बताउनुहुन्छ ।

चीनसँग सीमा जोडिएको दोलखाको लामाबगर नाकाबाट बेलाबेलामा तिब्बती शरणार्थी प्रवेश गर्ने घटना भएकाले पनि लामाबगर छोटी भन्सार तथा सीमा कार्यालयलाई व्यवस्थित गर्न दुवै देशले चासो दिनुपर्ने देखिन्छ । तर लामो समयदेखि सीमाका कर्मचारी भने जिल्ला प्रशासन कार्यालय चरिकोटमा नै बसेर दुर्गमको समेत तलब भत्ता खाने गरेका छन् । यहाँ अधिकृत र केही कर्मचारीको दरबन्दी रहेको छ ।
purbelinews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget