पासा पल्टाउने अन्तिम कसरतमा रामचन्द्र !


२४ फागुन, काठमाडौं ।

पहिलो चरणको निर्वाचनबाट नेतृत्व चयन हुन नसकेपछि नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा दोश्रो चरणको चुनावबाट सभापति चयन हुने तय भैसकेको छ ।

दिउसो २ बजे शुरु हुने भनिएको मतदानमा केवल ११ मतका कारण सभापति बन्नबाट चुकेका शेरबहादुर देउवा र उनका निकटतम प्रतिद्वन्दी रामचन्द्र पौडेलबीच २ पक्षीय भिडन्त हुने छ ।

देउवा पक्ष जित्नेमा ढुक्क जस्तै देखिएपनि अन्तिम समयमा पासा पल्टाउने रणनीतिमा रामचन्द्र सक्रिय भएका छन् । देउवा पक्षलाई हराउन राजधानीको एक पाँचतारे होटलमा संस्थापन पक्षको बैठक बसेको छ ।

पहिलो चरणको मतदानको गणित अनुसार देउवालाई जितका लागि ११ मत मात्र अपुग छ । उनले १५ सय ६४ मत पाए । १५ सय ७५ मत ल्याएको भए उनी पहिलोचरणमा नै विजेता हुने थिए । पौडेलले भने ११ सय ६० मत पाए । यस हिसाबले उनले जितका लागि दोस्रो चरणमा थप ४ सय १५ मत ल्याउनु पर्ने हुन्छ ।

देउवालाई केही मत बढाए पुग्ने अवस्था भएपनि पौडेलका लागि भने ४ सय १५ मत थप्ने चुनौती छ, जस मध्ये अधिकाँश सिटौलाको पक्षमा छ ।

यद्यपी सिटौलाले पाएको ३ सय २४ मतले पनि पौडेलको बहुमत पुग्ने अवस्थामा छ ।

आफूलाई सहयोग गर्न आग्रह गर्दै पुगेका रामचन्द्र पौडेललाई सिटौलाले कुटनीतिक जवाफ दिएर समुहिक निर्णयपछि मात्र जवाफ दिने बताएका छन् । उनले देउवालाई पनि उस्तै जवाफ दिएका छन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget