नेपाली सेनाले आज सेना दिवस यसरी मनाउदैँछन.........

काठमाडौं, फागुन २४ । नेपाली सेनाले आज सेना दिवस मनाउदैँछ । यस अवसरमा अहिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह भइरहेको छ ।
नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा मनाउँदै आएको छ । सैनिक मञ्च टुँडिखेलमा शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत कार्यक्रम गरिँदैछ । नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमसत्ता रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ ।
करिब ९५ हजार सैनिक जनशक्तिको नेतृत्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गरिरहेका छन् ।
संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेना सन् १९५८ देखि संलग्न रहँदै आएको छ भने अहिलेसम्म एक लाख १० हजार ७७६ जनशक्तिले योगदान दिइसकेका छन् ।
विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्ति कायम गर्ने क्रममा नेपाली सेनाका ६३ जनाले वीरगति पाउनुका साथै ५९ जना गम्भीर घाइते भएका छन् । नेपाली सेनाका चार हजार दुई सय फौज विश्वभरका १५ वटा संयुक्त राष्ट्रसंघीय मिसनमा शान्ति स्थापनार्थ अहिले परिचालित छन् । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकको कोटीमा नेपाल अग्रणी स्थानमा छ ।
पछिल्ला वर्षमा विपद् व्यवस्थापन र विकास निर्माणको काममा समेत प्रमुख सुरक्षा अङ्गको रूपमा नेपाली सेनाले महत्वपूर्ण काम गर्दै आएको छ ।
imagekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget