फागुन २६ गते ६ बजेर २२ मिनेटमा सूर्यग्रहण लाग्ने

8शनिबार, २२ फागुन
काठमाडौ । फागुन २६ गते बुधबार फागुन कृष्ण औँसीका दिन खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
बिहान ५ः५७ बजे सूर्यग्रहणको स्पर्श हुने भए पनि नेपालमा ६ः२२ मा सूर्योदय हुने भएकाले त्यसपछि मात्र ग्रहण देख्न सकिने समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए ।
“ग्रहणको मध्यकाल बिहान ६ः२७ र मोक्षकाल ७ः०२ बजे हुन्छ, ग्रहण बार्नेले स्पर्श हुनुभन्दा चार प्रहरअघिदेखि खान हुँदैन, ग्रहणका समयमा सुत्न, मैथुन आदि कर्म गर्न नहुने शास्त्रीय बचन छ”– उनले भने ।
यस अनुसार फागुन २५ गते बेलुकी सूर्यास्तपछि नै बाल, वृद्ध र बिरामी बाहेकले भोजन गर्नु नहुने समितिको भनाइ छ ।सूर्य ग्रहणका दिन सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।
समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेल पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको ग्रहणकै आधारमा सरकारले तत्काल निर्णय गरी सार्वजनिक बिदा दिने गरेको बताए ।
गृह मन्त्रालयका प्रवक्ता यादव कोइराला यसअघिका सूर्यग्रहणका बेला मन्त्रिपरिषद्ले निर्णय गरी सार्वजनिक बिदा दिइने गरेको र यसवर्ष २६ गते बुधबार ग्याल्बो ल्होसारको बिदा परेकाले बिदाको निर्णय गर्नुनपर्ने बताए ।
nepalsandesh

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget