भुवन र अनमोल बाबुछोरा जोडी यस्तो हुनुपर्छ मल्टिप्लेक्समा ‘ड्रिम्स’को बुकिङ आक्रामक, देखियो अनमोल

भुवन र अनमोल बाबुछोरा जोडी यस्तो हुनुपर्छ मल्टिप्लेक्समा ‘ड्रिम्स’को बुकिङ आक्रामक, देखियो अनमोल क्रेज
भोलीबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘डि्रम्स’को बुकिङ मल्टिप्लेक्समा आक्रामक देखिएको छ । भूवन केसी निर्देशित यो चलचित्रलाई मल्टिप्लेक्स हलहरुले उच्च शो दिएका छन् ।
क्यूएफएक्सले कुमारी, जय नेपाल र सीभील गरेर १४ वटा शो चलचित्रले पाएको छ  । जसमध्ये बिहानीको शोको वुकिङ अहिलेसम्म औषत रहेपनि १२ बजेपछि आक्रामक बुकिङ भएको क्यूएफएक्स कुमारी र जय नेपालका म्यानेजर विनोद पौडेलले जानकारी दिए । उनले भने-‘बिहानीको शोमा ठिकै छ । १२ बजेपछिको शो यसरी नै बुकिङ भयो भने हलमा दर्शकको उच्च चाप देखिनेछ ।’ उनले यो वुकिङलाई उत्साहजनक भनेका छन् ।
चलचित्रका काठमाण्डौ वितरक गोविन्द शाहीका अनुसार सिंगलदेखि मल्टिप्लेक्समा  दर्शकको चाप उच्च हुने देखिएको छ । काठमाण्डौको गोपिकृष्णमा ४ वटा हल पाउने निर्माता तथा निर्देशक भूवन केसीले जानकारी दिएका छन् ।




वितरक गोविन्द शाहीका अनुसार वीग मुभिजको एउटा हल बिग्रिएकाले २ पर्दामा ७ शो, एफक्यूबमा १२ शो, क्यूज हलमा ६ शो चलचित्रले पाएको छ । यी सबै हलमा पनि चलचित्रको बुकिङ उच्च छ ।
काठमाण्डौको सुन्धारामा रहेको क्यूएफएक्स सीभीलमा यो समाचार तयार पार्दासम्म मध्यान्न १२ बजेको हल हाउफूल भैसकेको छ ।



नायक अनमोल केसीको स्टारपावर र मिडियामा उच्च प्रचारका कारण चलचित्रको बुकिङ आक्रामक देखिएको हो । यूवायूवतीमाझ अत्यन्त लोकप्रिय मानिएका नायक केसीको १६ महिनापछि चलचित्र रिलिज हुन लागेकाले पनि दर्शकको क्रेज अझ बढेको हो । काठमाण्डौ बाहिर पनि चलचित्रको लागि दर्शकको उत्साह उस्तै देखिएको छ ।


 gorkhalivideo
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget