जनताको आलोचना सुन्दा कहिलेकाहिँ आत्महत्या गरौंजस्तो लाग्छ : रामचन्द्र पौडेल

काठमाडौं–नेपाली काँग्रेसका कार्यबहाक सभापति रामचन्द्र पौडेलले राजनीतिकर्मीप्रति जनतामा आलोचना र अविस्वास बढी भएकोले कहिलेकाहिँ आफूलाई आत्महत्या गरौँ जस्तो लाग्ने बताएका छन् ।
‘ नेपालको राजनीति गर्ने मान्छेहरु अत्यन्तै आलोचित छन्, मलाई त कहिलेकाह्रीँ आत्महत्या गरौँ जस्तो लाग्छ ’ काँग्रेसको १३ औँ महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने ‘राजनीति गर्ने मान्छेहरु चिन्तित भका छन्, कहीँ हामीले विकृति ल्याएका छौँ कि छैनौँ आफूलाई हेर्नुपर्छ ।’

उनले राजनीतिलाई सम्मानीत बनाउन नेताहरुलाई आह्वान गरे । राजनीति गर्ने मान्छेले लोकतान्त्रिक आचरण अपनाएर जनतामा राजनीतिप्रति विश्वास जगाउन उनको आह्वान छ ।

उनले नेपाली काँग्रेसको रुपान्तरित हुन जरुरी भएको बताए । पौडेलले काँग्रेसमा बैचारीक सुदृढता, चिन्ताको आवस्यकता र एकता आवस्यक रहेको पनि बताए । ‘ देशलाई रुपान्तरण गर्न काँग्रेस रुपान्तरीत हुन जरुरी छ, परीवर्तन हुन जरुरी छ’ उनले भने ‘एकाताको लागि होईन । विचारको लागि सिद्धान्तको लागि ।’

समाजबाद र लोकतन्त्रको फ्यूजनमा आईसकेकोले प्रचण्ड संग धेरै ठ्रूला विबाद नभएको उनले बताए । ‘म सबै बामपन्थी साथीहरुलाई भन्छु्, सबै दक्षिणपन्थी साथीहरलाई पनि भन्छु, हामीविचमा फ्यूजनको जरुरी छ ’ उनले भने ।
ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget