जन्मनेबित्तिकै सालनालसहित फालिएका शिशुको जीवितै उद्धार

पथरी (मोरङ), २० फागुन, जन्मनेबित्तिकै फालिएको अवस्थामा विराटनगर– ६ पिपलचोकमा आज सालनालसहितको एक बेवारिसे शिशु फेला परेको छ । महिलाले लगाउने स्विटरमा बेरेर फालिएको अवस्थामा स्थानीय बासिन्दाले सडक किनारमा नवजात शिशु देखेपछि उनलाई जीवितै उद्धार गरी प्रहरीलाई बुझाइएकामा  प्रहरीले उपचारका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा लगेको छ ।

तीन केजी तौल रहेको शिशु स्वस्थ्य रहे पनि शिशु कक्षमा राखेर चिकित्सकको निगरानीमा रेखदेख, स्वास्थ्य परीक्षण र प्राथमिक उपचार गर्ने काम भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन पोखरेलले बताउनुभयो ।

सो बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिँदै मोरङ प्रहरी उपरीक्षक सन्दीप भण्डारीले रेखदेख र लालनपालनसहित शिशु जिम्मा लिन कोही आएमा  कानुनी प्रक्रिया पूरा गरेर आउनका लागि आह्वान गर्नुभयो ।रासस
aajakokhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget