ज्योतिष हरिहर अधिकारी बने ‘बेष्ट मेन अफ द इयर २०१६’

नेपालका चर्चित युवा ज्योतिष हरिहर अधिकारी ‘बेष्ट मेन अफ द इयर २०१६’ बन्न सफल भएका छन् । भारतको न्यु दिल्लीमा भएको ३९ औ अन्तराष्टिय ओरिएन्टल हेरिटेल सम्मेलनमा उनलाई सो उपाधी दिईएको हो ।


युवा ज्योतिष हरिहर अधिकारीले उक्त कन्फ्रेन्समा दिएको प्रेजेन्टेसनले उनलाई ‘वेष्ट म्यान अफ इयर २०१६’ को उपाधी जिताउन सफल भएको हो । २० वटा भन्दा बढी देशहरुका प्रतिष्ठित ज्योतिषहरुको उपस्थिती रहेको सो सम्मेलनमा नेपालबाट प्रतिनिधित्व गरेका ज्योतिष अधिकारीले ‘ज्योतिषशास्त्र र यसको बैज्ञानिक कारण’ शिर्षकमा आफ्नो प्रस्तुती दिएका थिए ।


नेपालको प्रतिनिधित्व गर्दै दक्षिण एसियाली ज्योतिष महासंघको प्रमुख डा. लोकराम पौडेलको नेतृत्वमा गएको टोलीमा युवा ज्योतिष हरिहर अधिकारी पनि थिए । उनी म्यान अफ दि इयर बन्न सफल भए भने वोमेन अफ दि इयर इटालीकी पाटिजिया नाभा भईन् ।
mazzakoonline

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget