भूकम्पपछिको पुनर्निर्माण हेर्न राष्ट्रसंघीय उपमहासचिव नेपाल अाउँदै

काठमाडौं: भूकम्पपछिको पुनर्निर्माणबारे जानकारी लिन संयुक्त राष्ट्रसंघका उपमहासचिव जान इलियास्सन फागुन २६ मा नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले उपमहासचिव इलियास्सनको भ्रमण भूकम्पपछिको पुनर्निर्माणमा राष्ट्रसंघको सहयोगलगायतका विषयमा केन्द्रित रहने बताए ।

टर्कीको राजधानी इस्तानबुलमा आगामी मे २३ र २४ मा आयोजना हुने ‘वल्र्ड ह्युमेनिटेरियन समिट' मा नेपालमा गएको भूकम्प र पुनर्निर्माणको प्रयासबारे पनि छलफल हुँदैछ ।


संयुक्त राष्ट्रसंघको सहकार्यमा टर्कीले आयोजना गर्ने उक्त सम्मेलनमा नेपालले पनि सहभागिता जनाउने भएको छ ।

‘वल्र्ड ह्युमेनिटेरियन समिट' मा नेपालको भूकम्पपछिको अवस्थाबारे चर्चा हुने भएकाले त्यस विषयमा यहाँको राजनीतिक नेतृत्वसँग छलफल गर्न उपमहासचिव इलियास्सन नेपाल आउन लागेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघीय महासचिव बान की मुनपछि दोस्रो बरियतामा रहेका राष्ट्रसंघीय उच्च अधिकारी इलियास्सनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री कमल थापासँग भेट्ने कार्यक्रम छ ।

तीनदिने नेपाल भ्रमणका क्रममा इलियास्सनले भूकम्प प्रभावित केही ठाउँको समेत अवलोकन गर्नेछन् । राष्ट्रसंघले नेपालमा भूकम्पपछिको उद्धार, राहत र पुनर्निर्माणमा सहयोग गरेको छ ।
annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget