सुनको भाउ एकैदिन १ हजारले घट्यो

काठमाडौं, फागुन १९ । पछिल्ला दिन उच्चदरले उकालो लाग्दै आएको सुनको भाउमा बुधबार उल्लेख्य कमी आयो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ हजारले ओर्लिएर ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलाको ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले कमी आएर ७ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १२ सय ३० डलर हाराहारीमा कारोबार भएको थियो ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget