उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्रसङ्घद्वारा बुधबार कडा नाकाबन्दीकाे घाेषणा

संयुक्त राष्ट्रसङ्घ। संयुक्त राष्ट्रसङ्घले बुधबार उत्तर कोरियाका विरुद्धमा लगाइने नाकाबन्दीको घोषणा हुने बताएको छ । राष्ट्रसंघीय सुरक्षा परिषद््मा मङ्गलबार संयुक्त राष्ट्रसङ्घका तर्फबाट उत्तर कोरियाका बारेमा लगाइने नाकाबन्दीसम्बन्धमा मतदान हुने बताइएको थियो । तर त्यसको घोषणा गरिएको छैन ।

राष्ट्रसंघीय अधिकारीहरुले सम्भवतः बुधबार यस विषयमा घोषणा गर्ने जानकारी दिइएको छ । उत्तर कोरियका विरुद्धमा लगाउन लागिएको नाकाबन्दीसम्बन्धी सो प्रस्ताव संयुक्तराज्य अमेरिकाले तयार पारेको हो । संयुक्त राष्ट्रसङ्घले सोमबार सो जानकारी दिएको हो । उक्त प्रस्तावमा मङ्गलबार मतदान हुन सकेको छैन । बुधबर मतदान हुने र त्यसको परिणाम पनि बुधबार नै घोषणा हुने बताइएको छ ।

यही फेब्रुअरी महिनाको सुरुवातको आणविक परीक्षणका विरुद्धमा सो नाकाबन्दी लगाउन थालिएको हो । परिषदको छलफलबाट पारित भैसकेको यस प्रस्तावमा अमेरिका र चीनको सहमति रहेको छ । यस प्रस्तावमा उत्तर कोरियाका बिरुद्धमा कडा खालको आर्थिक वा अन्य नाकाबन्दी लगाउने बताइएको छ । उत्तर कोरियाका विरुद्धमा प्रस्ताव गरिएको यो नाकाबन्दी अहिलेसम्मकै सबैभन्दा कडा खालको रहेको बताइएको छ ।

उत्तर कोरियाले आणविक परीक्षण गरिरहेकोले विश्व समुदाय र संयुक्त राष्ट्रसङ्घले बारम्बार आग्रह गर्दा पनि सो देश पछि नहट्दा नाकाबन्दी लगाउने तयारी गरिएको हो । उत्तर कोरियाले फेब्रुअरी ६ मा नयाँ आणविक परीक्षणस्वरुप लामो दुरीको रकेट परीक्षण गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घले यसअघि पनि उत्तरलाई धेरै पटकसम्म यस्तो आणविक परीक्षणको काम रोक्न आग्रह गरेको थियो । तर उसको आग्रहका बाबजुत पनि उत्तरले भने यो छैठौँ पटकसम्म आणविक परीक्षण गरेको हो । पछिल्लो पटक गरेको रकेट परीक्षणबाट उत्तरसँग विश्व समुदाय नै चिढिएको बताइन्छ ।

उत्तर कोरियाका विरुद्धमा यतिखेर दक्षिण कोरियामात्र नभएर विश्व समुदायले नै कडा भन्दा कडा नाकाबन्दीको प्रस्ताव गरेका छन् । अमेरिकाले पनि यसलाई अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी भनेको छ ।
purbelinews

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget