प्रहरीको स्कर्टिङ्गमा बलिगार्डहरु सहित जब हलमा पुगे अनमोल (फोटो फिचर)


पछिल्लो समय नेपाली सिने नगरीमा ‘स्टार भ्यालु’ र ‘स्टार पावर’ कस्तो हुन्छ भन्ने जान्न अनमोल केसीलाई हेरे पुग्छ । चलचित्र ‘डिम्स’को बम्पर ओपनिङ्गसँगै उत्साहित भएका अनमोलले शनिवार राजधानीका केही हलहरुमा पुगेर दर्शकको प्रतिक्रिया लिएका छन् । उनी हलमा जादाँ पनि फिल्मी शैलीमा नै आफ्नो ‘स्टार पावर’लाई शो गरे । ‘पब्लिक प्लेस’मा उनको इन्ट्री बलिउडका साहरुख सलमान को भन्दा कम लाग्दैनथ्यो ।



करिब ११ बजेतिर अनमोल र भुवन सहितको टोली गोपीकृष्ण मुभिजमा पुगेका थिए, जहाँ निकै रोचक दृश्य देखियो । सिनेमा हलमा पहिले पुग्यो पुलिसको गाडी, त्यसपछि  भुवन केसी चढेको गाडी अनि त्यसपछि लगातार दुईवटा गाडीको इन्ट्री, जसमध्ये निकै स्ट्यान्डर्ड कालो गाडीबाट टक्क उत्रिए अनमोल । त्यसपछि त के चाहियो र एकै क्षणमा भीडले उनलाई घेरी हाल्यो । प्रहरी र उनका पर्सनल चारजना बढीगार्डलाई पनि भीड पन्छाउन मुश्किल  परेको थियो ।



विशेषत किशोरीहरुको ‘अनमोल आई लभ यु’, ‘आई एम डाई«ङ्ग फर यु’ जस्ता चिच्याहट सुन्दा उनी साच्चै स्टार हुन भन्ने कुरा पुष्टि भएको छ । अत्याधिक भीडको कारणले गर्दा अनमोल र उनको समुह गोपीकृष्ण हल परिसरमा मुश्किलले १० मिनेट मात्र बसे । त्यसपछि अष्टनारायण हलमा पुग्दा त्यहाँ पनि उनको उस्तै क्रेज देखियो ।
mazzakoonline
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget