कोसियारीद्धारा डोलेश्वर मन्दिर पुनःनिर्माणका लागि ५१ हजार दिने घोषणा

भक्तपुर, फागुन २२ । भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोसियारीले भक्तपुरस्थित केदारनाथको शीर डोलेश्वर मन्दिरमा पुगेर दर्शन गरेका छन् ।

नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन आएका कोसियारीले शनिबार डोलेश्वर मन्दिरमा पुगेर दर्शन गरेका हुन् ।

त्यसक्रममा उनले मन्दिरको पुनःनिर्माणका लागि ५१ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसैबीच, डोलेश्वर महादेव मन्दिरमा यस वर्षको महाशिवरात्री पर्वमा विशेष मेला लाग्ने भएको छ ।

मन्दिर व्यवस्थापन समितिले शनिबार पत्रकार सम्मेलन गरी शिवरात्रीको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget