महाशिवरात्रि तथा सेना दिवसको विशेष समारोहमा राष्ट्रपति सरिक

काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिकमञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभयो । समारोहमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित वीर स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर्नुभयो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही’ नामक वार्षिक पत्रिकाको विमोचन गर्नुका साथै ‘फ्रि फल जम्प’का विजयीलाई पुरस्कार प्रदान गर्नुभयो । फ्रि फल जम्पमा हुद्धा रामबहादुर बस्नेत प्रथम हुनुभयो भने द्वितीय पुरस्कार सहसेनानी टेकबहादुर कार्कीले प्राप्त गर्नुभएको थियो । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।

समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि आरम्भ गर्नुका साथै बढाइँ कवाजले ॐ आकार, नेपाली राष्ट्रिय झण्डाको आकृति प्रस्तुत गरेको थियो । मार्चपास, सैनिक र नेपाली परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरेको थियो । सैनिक मञ्चमा मास पिटी प्रस्तुत गरिएकामा त्यसअन्तर्गत ‘सुट टु किल’, तेक्वान्दो, महिला सैनिकबाट पिटी र खुकुरी ड्रिल प्रस्तुत भयो । नेपाली सेनाको व्यावसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत भएको थियो ।

उक्त अवसरमा सैनिक हवाई महानिर्देशनालयको हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनसमेत गरिएको थियो । सेना दिवसको उपलक्ष्यमा त्यहाँ सैनिक व्याण्डबाट व्याण्ड डिस्प्ले समेत प्रस्तुत गरियो । समारोहमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन र हातहतियारको समेत प्रदर्शन गरिएको थियो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश कल्याण श्रेष्ठ पनि सरिक हुनुहुन्थ्यो । उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि र समाजका लब्धप्रतिष्ठित महानुभावको पनि सो अवसरमा उपस्थिति थियो ।

शिवरात्रि तथा सेना दिवसमा विशेष समारोहको अवलोकन गर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो । उक्त समारोहको केही टेलिभिजन च्यानल तथा एफएम रेडियोले प्रत्यक्ष प्रसारण गरेका थिए । यसअघि समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्रकृति संरक्षणअन्तर्गत प्रथम हुने वराहदल गुल्म नाम्चे र श्रीजग गण कसरालाई ट्रफी प्रदान गर्नुभयो । प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगितामा प्रथम हुने पूर्वी पृतनालाई प्रधानसेनापति ट्रफी प्रदान गरियो ।

नेपाली सेनालाई देशभक्ति, जनसेवा र आफनो पेसागत निष्ठाप्रति प्रतिबद्ध रहँदै अझ नवीन ऊर्जा, उत्साह, सङ्गठनात्मक सङ्कल्पको प्रतिकारात्मक दिवसको रुपमा मनाउने गरिएको नेपाली सेनाले जनाएको छ ।
purbelinews

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget