कांग्रेस महामन्त्रीमा डा. शशांक कोइराला निर्वाचित, ज्वाई-ससुरा दुबै हारे

काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसको महामन्त्रीमा डा. शशांक कोइराला निर्वाचित भएका छन् ।
१३ औं महाधिवेशन अन्तर्गत आइतबार सम्पन्न निर्वाचनको मंगलबार भएको मतगणनामा नेताहरु अर्जनुनरसिह केसी र गगन थापालाई पछि पार्दै शशांक अागामी ४ बर्षका लागि महामन्त्री पदमा निर्वाचित भएका हुन् । केसी र थापा ससुरा र ज्वाई हुन् ।
एकै परिवारका दुई सदस्य (ससुरा र ज्वाई)लाई पराजित गर्दै विपी कोइराला पुत्र शशांक आफ्नो परिवारको विरासत जोगाउँदै महामन्त्री बनेका हुन् ।
कोइराला टिचिङ हस्पिटलका चिकित्सक हुन् । राजनीतिबारे खासै अनुभव नभएपनि विपी पुत्र हुँदा शशांकले अत्यधिक बहुमतका साथ देशकै ठूलो पार्टी कांग्रेसको महामन्त्री बन्ने अवसर पाए ।
यता राजनीतिमा संषर्घ गरेका र अनुभव भएका केसी र थापा (ज्वाई-ससुरा) भने पराजित भए ।
शशांक महामन्त्रीमा निर्वाचित भएको घोषणा हुन बाँकी छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शशांकलाई महामन्त्रीमा विजयी भएको घोषणा गर्ने तयारी गरेको छ ।
महामन्त्रीमा कसले कति मत ल्याए ?
अन्तिम मतपरिणाम आउन बाँकी छ ।
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget