प्रधानसेनापतिलाई उपेन्द्रका सल्लाहकारको चुनौतिः सक्छौं भने फूली खोलेर मैदानमा आउ

काठमाडौं, २५ फागुन । मधेसमा आन्दोलनरत उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका प्रेस संयोजक महेश चौरसियाले प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई सेनाको मर्यादा नबिर्सन चेतावनी दिएका छन् ।
‘देश टुक्राउने गतिविधी भए सेना चुप लागेर नबस्ने’ भन्दै क्षेत्रीले आइतबार विज्ञप्ति सार्वजनिक गरेपछि चौरसियाले त्यसप्रति कडा आपत्ति ब्यक्त गरेका हुन् ।
यस्तो छ चुनौति:
चेन अफ कमाण्डमा बस्नु पर्ने नेपाली सेनाले हिजो आइतबार सेना दिवसको पूर्व सन्ध्यामा विज्ञप्ति मार्फ़त सीमांकन, संघियता, राज्य पुन:संरचना लगायत वर्तमान राजनीतिक अवस्थाको बारेमा बोलको विषय अत्यन्तै आपत्तिजनक छ ।

महेश चौरसिया
सीमांकन हेरफेर नितान्त राजनीतिक सवाल भएकोले हस्तक्षेपकारी ढंगले बोलेर सेनाले कसलाई रिझाउन वा धम्क्याउन खोजेको हो ? धम्कीपूर्ण राजनीतिक अभिब्यक्ति दिएका प्रधान सेनापति राजेन्द्र क्षेत्रीलाई सरकारले तत्काल कारवाही गर्नु पर्दछ । कालापानी र टनकपुर गुम्दा, लिपुलेकमा हस्तक्षेप हुँदा, सुस्तामा नेपाली भूभाग मिचिदा, सीमाबाट जंगे पिलर हराउदा नेपाली सेना कहाँ थियो ???
क्षेत्रीजी राजनीति गर्नु छ भने फूली फुकालेर कुनै पार्टी प्रवेश गर्नुस् । नभए चेन अफ कमाण्डमा बस्नुस् तर सेनाको गरिमा र अस्तित्वलाई विवादित नबनाउनुस ।
शक्ति केन्द्रले देउवालाई जिताउन दिलोजान दिनु, वीपीपुत्र सशांकले पूर्व राजाको वकालत गर्नु, जनताले अधिकार माग्दा बिखण्डन देख्नु, ज्ञानेन्द्र शाह पुनर्वाहालीका लागि बैंकक हुँदै दिल्लीधाममा डेरा जमाउनु र यही बेला सेनापति क्षेत्रीले राजनीतिक चेतावनी दिनु संयोग मात्रै होइन ।
केहि समयलाई गणतन्त्र र परिवर्तनलाई पछि धकेल्न कसैले दुस्साहस गरे पनि, ज्ञात रहोस् जनताको शक्ति अगाडि अब कसैको चल्नेवाला छैन ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget