नेपाल आउँदै नीतिशकुमार, मोदीले रोक्न सकेनन्

काठमाडौं, १८ फागुन । छिमेकी देश भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिशकुमार लामो प्रतिक्षापछि नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएको छ ।
नीतिशकुमारको भ्रमणको पुष्टि गर्दै विहारको मुख्यमन्त्री सचिवालयले उनी बुधबार काठमाडौं जाने कार्यक्रम तय भएको जनाएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार नेपाली कांग्रेसको १३ औं महाधिवेशन उदघाटन समारोहमा सहभागी हुन नीतिशकुमार नेपाल आउन लागेका हुन् ।
भ्रमणका क्रममा नीतिशकुमारले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्नेछन् ।
यसअघि पटक पटक नेपाल भ्रमण गर्न प्रयास गरेपछि भारतमा नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय सरकारले नीतिशकुमारलाई अनुमति दिएको थिएन् । यसपटक महाधिवेशनमा कांग्रेसले निम्तो गरेको भनेपछि भारतीय विदेश मन्त्रालयले उनलाई रोक्न सकेन् । भ्रमणको अनुमति दियो ।
यसअघि नीतिश कुमार गत वैशाख १२ को विनाशकारी भूकम्पका बेला नेपाल आउन खोजेका थिए । तर, मोदी सरकारले अनुमति दिएको थिएन् ।
मोदीको पार्टीलाई लज्जास्पद हार चखाउँदै नीतिशकुमार भर्खरै विहारको मुख्यमन्त्री बनेका थिए । उनले नेपालमाथि लगाएको नाकाबन्दीको पनि विरोध गरेका थिए ।
यसैगरी कांग्रेस महाधिवेशनमा विश्वका थुप्रै नेताहरु पनि आउँदैछन् ।
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget