‘श्रीमानलाई माओवादीले गोली हानेर सहिद बनाए,मलाई कांग्रेसले सहिद नबनाओस’: हिरा गुरुङ

काठमाडौं, फागुन १९ । नेपाली कांग्रेसमो १३ औं महाधिवेशनका लागि खुलातर्फ,विभिन्न कोटा,आरक्षणमार्फत उम्मेद्वारी दिन क्रम बढीरहेको छ । यसै सिलसिलामा खोटाङकी द्वन्द्वपीडित नेतृ हिरा गुरुङले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी घोषणा गरेकी छिन् ।
खोटाङ क्षेत्र न २ बाट दोस्रो पटक महासमिति सदस्य निर्वाचित भएकी उनले महिला तर्फको आरक्षण सिटमा आफुलाई केन्द्रीय सदस्यको रुपमा प्रस्तुत गरेकी छिन ।
पहिलो संबिधान सभामा सदस्यको रुपमा रचनात्मक  भूमिका निर्बाहा गरेको र संगठन निर्माणको पक्षमा निरन्तर सक्रिय रहेकाले अब आफूले सदस्यमा उम्मेदवारी दिएको बताईन ।
श्रीमान् कालुमान गुरुङ नेपाली कांग्रेस जिल्ला कार्य समिति खोटाङका सचिब र  कार्यबाहक सभापति समेत रहेको अवस्थामा उनलाई वि.स. २०५७ मा माओवादीले गोली हानी हत्या गरेका थिए ।
तत्कालिन स्वतन्त्र बिद्यार्थी यूनियनको निर्वाचनको उमेदवारी घोषणासभाको प्रमुख आतिथ्य ग्रहण गरिरहेका अवस्थामा माओवादीले कार्यक्रम स्थलमै गोली प्रहार गरि हत्या गरका थिए ।
श्रीमानको हत्यापछि हिरा टुहुरा बालबच्चाहरुका साथ  बिस्थापित भइकी थिइन । विस्थापित जीवनकै क्रमममा उनी कांग्रेसको सक्रिय राजनीतिमा आएकी हुन् ।
‘श्रीमानलाई राष्ट्रले नै सहिद घोषणा गरे पश्चात र सहिदको भावना, सपना साकार पार्नको लागि राजनीतिको यो मोड सम्म उपस्थित भएको छु’, उनले आफ्नो अपिलमा भनेकी छिन । उनले भनिन, ‘श्रीमानलाई माओवादीले गोली हानेर सहित बनाए मलाई कांग्रेसले सहित नबनाओस भन्ने आग्रह गर्न चाहान्छु ।’
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget