म पछि हट्दिनँ, सभापतिमा जितेर देखाउँछुः सुजाता

कांग्रेस सभापतिका लागि उम्मेद्वारी घोषणा गर्दै सुजाता
काठमाडौंः नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले १३ औं महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी घोषणा गरेकी छन् ।

बुधबार आफ्नै निवास मण्डिखाटारमा पत्रकार सम्मेलन गरेर उनले सभापतिको उम्मेदवारीबाट कुनै हालतमा पछि नहट्ने घोषणा गरेकी हुन् ।

‘गिरिजाबाबुको सपना पुरा गर्न सभापतिमा जितेर देखाउँछु’, उनले भनिन्, ‘पार्र्टी माफिया र षडयन्त्रकारीको कब्जामा छ । पार्टीको दीर्घकालिन हितका लागि सभापतिमा उम्मदेवारी दिएकी हुँ ।’


उनको उम्मेदवारीले कोइराला परिवार फुटेको हो ? भन्ने सञ्चारकर्मीहरुको जिज्ञासाको खण्डन गर्दै सुजाताले विचारको राजनीति गर्दा परिवारको सरोकार नहुने बताइन् ।

‘कोइराला परिवार फुटेको होइन, विचारले गर्ने राजनीतिमा परिवारसँग मिल्ने नमिल्ने भन्ने कुरा आउँदैन’, उनले भनिन्, ‘गिरिजाबाबुको सपना पुरा गर्न सभापतिमा उठेकी हुँ ।’

उनले सभापतिमा एक्लै उम्मेदवारी घोषणा गरेकी हुन् । अन्य पदाधिकारीले भने महाधिवेशनमा जितेर आउने दाबी उनको थियो ।

‘अहिले प्यान घोषणा गरेँ भने अर्को गुटकाले तानेर लैजान्छन्’, उनले भनिन्, ‘मेरा प्यानलका साथीहरुले हल्ला नगरि चुनाव लडेर जितेपछि सार्वजनिक हुनुहुनेछ ।’
annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget