ओली फाल्ने सल्लाह गर्न देउवा निवास पुगे भारतीय राजदूत

काठमाण्डु, २६ फागुन–नेपालका लागि भारतीय राजदूत रञ्जित राय नवनिर्वाचित काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बुढानीलकण्ठस्थित देउवा निवास पुगेका छन् ।

देउवा सभापतिमा निर्वाचित भएको दुई दिनपछि राय उनलाई भेट्न बुधबार घरमै गएका हुन् । देउवा काँग्रेस सभापतिमा निर्वाचित भएकामा भारत प्रसन्न छ । भारतीय विदेशमन्त्री सुस्मा स्वराजले मंगलबारै विज्ञप्ति जारी गरेर देउवालाई बधाई दिएकी थिइन् ।
काँग्रेस नेतृत्व परिवर्तन भएसँगै सरकार फेरिने हल्ला चलेका बेला भारतीय राजदूत र सभापति देउवाबीच भेटघाट भएको हो । स्रोतका अनुसार भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था, हिन्दू राष्ट्रको एजेण्डा र सरकार परिवर्तनबारे समेत सामान्य कुराकानी भएको छ । देउवा सभापति निर्वाचित भएलगत्तै बालकृष्ण खाँडसहित उनीनिकट नेताले सरकार परिवर्तनको कसरत सुरु भइसकेको प्रतिक्रिया दिएका थिए ।
भारतले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको विकल्प खोजेको छ । आफ्नो चाहनाविपरीत नेपालमा संविधान जारी भएकामा रुष्ट भारत वर्तमान सत्ता गठबन्धन भतकाउने अभियानमा छ । संविधानसभाबाट संविधान जारी भएकामा असन्तुष्टि जनाउँदै भारतले तीन महिना नेपालमाथि नाकाबन्दीसमेत गरेको थियो ।
राजनीतिक वृत्तमा देउवालाई भावी प्रधानमन्त्रीका रुपमा समेत हेरिएको छ । काँग्रेसमा मात्र होइन, एमाले र एमाओवादीभित्रैबाट ओली सरकारको विकल्प खोज्न थालिएको छ ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान कार्यान्यवनका लागि दलहरुबीच न्युनतम राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउँदै आएका छन् ।
kathmandutoday

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget