राष्ट्रिय खेलाडी अनन्त तामाङलाई धरानमा सम्मान

धरान / अन्तर्राष्ट्रिय स्तरको खेलमा उपाधि दिलाउन नेपालका राष्ट्रिय खेलाडी अनन्त तामाङलाई आज धरानमा सम्मान गरिएको छ । नेपाल तामाङ घेदुङ सुनसरीले एक कार्यक्रमको आयोजना गरी तामाङलाई दोसल्ला ओढाई प्रमाणपत्रसहित नगद १३ हजार ५ सयले सम्मानित गरेको हो ।

धरान ८ घेदुङको कार्यालयमा गरिएको सम्मान कार्यक्रममा सम्मानित राष्ट्रिय खेलाडी तामाङले नेपालमा म्याच फिक्सिङको घटना बाहिर आएपछि नेपाली
खेलाडीमा छाएको निरशालाई पुन आशावादी बनाउन नेपाली टिमले वंगलादेशका बंग्लावन्धु गोल्डकप र साग प्रतियोगितामा खटेर खेलेकोले नेपाललाई उपाधि
दिन सफल भएको बताए ।

उनले यी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले गरेको उपाधिप्रति नेपालीमात्र हैन अन्तर्राष्ट्रिय स्तरले नेपाललाई हेर्ने दृष्टिकोणमा फरक ल्याएको समेत जानकारी दिए । नेपाल तामाङ घेदुङ सुनसरीका अध्यक्ष सुरज लामाको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा खेलकुदमा रुची राख्ने अन्य महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।

नेपालले वंगलादेशमा भएको बंग्लावन्धु गोल्डकपमा बंगलादेशलाई ३–० ले पराजय गर्दै उपाधि हासिल गरेको थियो भने साग प्रतियोगितामा भारतलाई नेपालले
२–१ अन्तरले गोल गर्दै उपाधि जित्न सफल भएको थियो ।
purbelinews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget