हजुरबाले बलात्कार गर्दा नातिनीको गर्भमा बच्चा


धनकुटा/ बलात्कारपछि ५ कक्षामा अध्ययनरत एक बालिका गर्भवती छिन् । चिकित्सकले त्यसबारे जानकारी दिएयता उनका आँखा ओभाएका छैनन् । नातामा बाजे पर्ने मानबहादुर राईले तीनपटक बलात्कार गरेका थिए । सात महिनाको गर्भ भएपछि मात्र थाहा भएको हो । करिब १५ वर्षकी उनी केही सुस्त मनस्थितिकी छिन् । खानेकुरा र पैसा दिएर आफूलाई बलात्कार गरेको बताइन् ।

शारीरिक रुपमा अत्यन्त कमजोर रहेकी उनको गर्भपतन गराउन नमिल्ने चिकित्सकले बताएका छन् । गर्भ ३० साताको भइसकेकाले जन्म दिनुको विकल्प नरहेको चिकित्सकले बताए । घटनाबारे प्रहरीमा जाहेरी दिइएको छ ।

जाहेरी दिन जिल्ला प्रहरी कार्यालय आएकी उनका अनुसार बलात्कारबारे हजुरआमालाई मात्र सुनाएकी थिइन् । बिस्कुट, चकलेट र पैसा दिएर फकाउँदै आफूमाथि बलात्कार भएको उनले बताइन् । कसैलाई भनेमा मारिदिने भन्दै धम्की दिएकाले कसैलाई भन्न नसकेको बताइन् ।

किटानी जाहेरीका आधारमा अभियुक्त राईलाई नियन्त्रणमा लिइएको एसपी भूपतिराज पाण्डेले जानकारी दिए ।पाँच वर्षअघि पनि उनलाई आफन्तले नै बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।
purbelinews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget