संसँरमै सबैभन्दा छिटो बढ्ने, हलुका, नमक्किने, नबाङ्गिने र नफुट्ने बनस्पती पाउलोनिया

 यसका फाइदाहरू के के हुन
संसँरमै सबैभन्दा छिटो बढ्ने, हलुका, नमक्किने, नबाङ्गिने र नफुट्ने बनस्पती पाउलोनिया
परिचय
पाउलोनिया एउटा संसँरमै सबैभन्दा छिटो बढ्ने बहुगुणी बनस्पती हो जुन पाउलोनियसी परिवारमा पर्दछ । यो प्रजातिको उत्पति स्थल चिनलाई मानिन्छ । अहिले पाउलोनिया एशिया तथा युरोपका देशहरुमा खेती भईरहेको छ । जापान तथा कोरियामा करिब एक हजार वर्ष पहिले नै यसको खेती शुरु गरिएको हो र उन्नाइसौं शताब्दीमा यो अमेरिका, युरोप, अष्टेलिया र न्युजिल्याण्डसम्म पुग्यो ।
पाउलोनियालाई किटी वृक्ष, राजकुमारी वृक्ष र महारानी वृक्ष पनि भनिन्छ । चिनिया“ परम्परामा पाउलोनिया छोरी जन्मेको उपलक्ष्यमा वृक्षारोपण गर्ने गरिन्छ र पछि छोरीको विवाहमा त्यही रुख काटेर उनको नया“ परिवारका लागि फर्निचर लगायतका वस्तुहरु दाईजो दिन प्रयोग गरिन्छ । काठ उत्पादनका लागि यो रुख अत्यन्तै उपयोगी छ । त्यस्तै यसको फूल वैजनी रङको र आर्कषक आकृतिको हुने भएकोले बगैचा, गेट तथा बाटो छेउको शोभा बढाउन र छा“यादार वृक्षको रुपमा समेत यो वृक्षलाई रोप्ने गरेको पाईन्छ ।
पाउलोनिया बनस्पति छिटो बढ्ने, डाले घा“स, सोत्तर पतकर र वायु प्रदूषण कम गर्न भूक्षय रोक्न मद्दत गर्ने बहुउपयोगी, पतझड जातको रुख हो । यो वृक्ष जति धेरै काट्यो उति पलाउने र हा“गा मोटो हुन्छ , काटेको एक बर्षमा नै लगभग ३० फिट सम्म अग्लो हुन्छ । यो रुखको फुल बाट निस्कने मगमग बास्ना र प्रसस्त रस माहुरीको लागि अति उपयोगी हुन्छ ।
पाउलोनिया मध्ये टोमेन्टोसा प्रजाति धेरै देशमा खेती गरिएको पाइन्छ । यो बिभिन्न हावापानीमा हुर्कने भएकोले नेपालमा पनि यसलाई तराई देखि मध्यपहाडी क्षेत्रमा बृक्षारोपण गर्न सकिन्छ । पाउलोनिया खुल्ला स्थानमा रोपेमा यो रुखको धेरै हा“गा बिङ्गा तथा बहुकाण्ड आउछ भने बाक्लो अवस्थामा सिधा माथि बढ्छ । राम्रो मुना पलाउने यो रुख लाई एक रोपेपछि पटक पटक काट्न र प्रयोजनमा ल्याउन सकिन्छ । नेपालको इसिमोडले गोदावरीमा पाउलोनिया टोमेन्टोसाको खेती २० बर्ष अगाडी नै शुरु गरेको थियो । अहिले उक्त रुखको उचाई ७० फिट जतिको रहेको छ भने गोलाई लगभग ७ फिट रहेको छ ।
कस्तो माटोमा कसरी र कति बृक्षारोपन गर्ने ?
बहुगुणी तथा बहुउपयोगी पाउलोनिया वृक्ष 200 देखि2500 मिटर सम्मको उचाइ क्षेत्रमा रोप्न सकिन्छ । यो वृक्ष धेरै पानी, तातो ठा“उ र दोमट माटोमा राम्रोस“ग हुर्कने भएता पनि चिम्ट्याइलो देखि बलौटे माटोमा पनि फस्टाउ“छ । पाउलोनिया ठिक स“ग फस्टाउन माटोको एज् ५ देखि ८ सम्म हुनुपर्दछ । कम क्षार भएको माटो उपयुक्त हुने हुनाले नुनको मात्रा बढी भएको जमिनमा यसको वृद्धि राम्रो हुदैन । पाउलोनिया वृक्ष कम पौष्टिक भएको माटोमा पनि सजिलैस“ग हुर्कन्छ किनभने यसले क्यालसियम र म्यागनेसियमका पोजेटिभ ( ऋबंंर ःन्ंं ) आयोनहरु छिनेर लिन सक्छ । पाउलोनियाको यही गुणले गर्दा यसलाई खानी उत्खनन् गरिएको स्थानलाई पूर्व सुधार गर्न समेत प्रयोग गर्न सकिन्छ । यद्दपि यसलाई मलिलो, राम्रो, दोमट, बलौटे र पानिको सतह १÷५ मिटर भन्दा बढि भएको र पानि नजम्ने ठाउ“मा रोप्दा राम्रो हुन्छ ।
पाउलोनिया वृक्षारोपण गर्नको लागि एक हात लम्बाई र एक हात चौडाई र एक हात गहिरो खाडल खन्नु पर्दछ र बृक्षारोपण गर्नु भन्दा २ हप्ता पहिले नै खाडल खन्नुपर्दछ । खाडल खन्दा माथिल्लो सतहको र मुनिको माटो अलग अलग राख्नुपर्छ अनि बिरुवा रोप्दा माथिल्लो सतहको माटो पहिले र मुनिको माटो पछाडि राखेर खाडल राम्रोसग भर्नुपर्दछ । वृक्षारोपणको लागि ६ इन्च देखि १ फुट सम्मको बिरुवा रोप्नु राम्रो भएता पनि सकेसम्म ठूलो रुख रोप्दा विरुवा मर्ने संभावना कम हुन्छ । पाउलोनिया वृक्षको जरा मुनि सिधा तलतिर जाने हुनाले वृक्षारोपण भित्र घुसुवा अन्नबाली पनि लगाउन सकिन्छ जसको लागि प्रारम्भिक दुरी ५८ १० मिटर २०० बिरुवा प्रति हेक्टर रोपेर पछि सम्म यहि संख्या कायम गर्नु पर्दछ ।
वृक्षारोपण सम्र्बधन कसरी गर्ने ?
(क) अनावश्यक विरुवा हटाउनु तथा आवश्यक बिरुवाको प्रतिस्पर्धा हटाई बिरुवा हुर्कने वाताबरण प्रदान गर्न गोडमेल गर्ने
(ख) अन्य रुखहरु भन्दा पाउलोनिया रुखलाई राम्रोस“ग हुर्कन प्रशस्त पानी आवश्यक पर्ने हुदा सुख्खा याममा समय समयमा सिंचाई गरिरहनु पर्दछ साथै मलको लागि नाइट्रोजन–फस्फोरस–पोटास–सोडियम क्रमशः ८–११–१०–७ भागलाई २५० ग्रामका दरले प्रति बिरुवाको करिब एक फुट टाढा दुरमिा वरिपरि हाल्नु पर्छ ।
(ग) गा“ठो नभएको गुणस्तरीय काठ उत्पादन गर्न समयमै तल्लो हा“गाहरु काट्नु पर्दछ , रुखको अवस्था हेरेर रोपेको तेस्रो बर्षमा हा“गा काट्ने गर्नु पर्दछ ।
का“टछा“ट
वृक्षँरोपण धेरै बाक्लो भएमा खाना र प्रकाशका लागि प्रतिस्पर्धा गर्नेु पर्ने हुनाले यस्तो अवस्थामा विरुवालाई पातलो पारेमा बृद्धि छिटो हुन्छ । छाट्ने कार्य बिभिन्न उमेरमा गर्नु पर्दछ ।
प्रतिरुख र्वािर्षक बृद्धि
पाउलोनिया रुखको मुख्य बिशेषता तीब्र बृद्धि हो र यसको वृद्धि माटोको मलिलोपना र सम्बर्धनमा भर पर्दछ । राम्रोस“ग स्याहार पुगेमा यो बिरुवा बृक्षारोपण गरेको १ बर्षमा २० देखि २५ फिट अग्लो हुन्छ , ५÷६ बर्षमा नै ६० फिट अग्लो हुन्छ उपयोगी काठहरु प्राप्त गर्न सकिन्छ । तसर्थ चिनि“या हरुले भन्ने गरेका छन् “ पाउलोनिया रुख एक बर्षमा खम्बाजस्तो, तीन वर्षमा छाता जस्तो र पा““च वर्षमा चिरेर ºयाकहरु बनाउन सकिन्छ ।”
प्लाइउड फर्निचर र अन्य प्रयोजनका लागि पाउलोनियाको काठ

पाउलोनियाको काठ अन्य काठ भन्दा अत्यन्तै हलुका (४० प्रतिशत), नमक्किने, नबाङ्गिने र नफुट्ने भएकोले यसको प्रयोग दिनप्रतिदिन बढ्दै गईरहेको छ । यो काठ पहेलो, खरानी रङको हल्का भएता पनि ख“दिलो खालको हुन्छ जसमा किरा समेत लाग्दैन, धुवाले नबिग्रने , तापको कुचालक भएकोले चाडै आगो पनि लाग्दैन । यसको काठ सयौं बर्ष अघिदेखि नै बिभिन्न प्रयोजनका लागि प्रयोग हुदै आईरहेको छ । जस्तै ः
र्फिर्नचर तथा वाद्यवादक –ः ¤याल, ढोका, खापा, पलङ, सोफा, दराज, आल्मारी, घर्राहरु, टेबल, कुर्सी, पार्केटिङ आदि
खेलौना तथा भवन –ः फुलदानी, भगवानको मूर्ति, काठको माछा, ब्ल्याकर्बोड, ¥याºटबोट, सर्फबोट, स्लेट आदि त्यस्तै घरको भित्ता, भित्री पर्खाल, सिलिङ र भित्री छानाको लागि उपयुक्त हुन्छ । यसको काठबाट माहुरीको घार बनाउनाले घारभित्रको तापक्रममा स्थिरता आई बढी मह उत्पादन हुन्छ ।
प्याकेजिङ –ः तेल, वाइन, बियर आदि तरल पर्दाथ राख्न प्याकिङ बक्स, चिया बक्स, फलफूल तथा अन्य भण्डारणका बाकस आदि । त्यस्तै मेडल बक्स, डे«सिङ बक्स, टिभी, रेडियो र कमप्युटर राख्ने बक्स तथा ¥याकहरु आदि पनि बनाउन सकिन्छ ।

ठूला ठूला राष्ट्रहरुमा पाउलोनियाको काठ हवाइजहाज, ग्लाइडर, पानीजहाज, वायुयानलगायत का उपकरणहरु निमार्णमा प्रयोग गरिन्छ ।
पँउलोनियाको काठ मात्र नभएर यसको अन्य चिजलाई पनि प्रयोगमा ल्याउन सकिन्छ । यसको धूलोलाई सिरानी, गद्दी, चकटी आदि भित्र भर्न चिस्यान यन्त्रहरुमा कुचालकको काम गर्न, गाईबस्तुको सोत्तरका रुपमा, घरभित्र ओस भएको ठाउमा तथा खेलौनामा प्रयोग गरिन्छ । यसको अंगारलाई उधोगहरुमा सक्रिय कार्बनका रुपमा समेत प्रयोग गर्न सकिन्छ । त्यस्तै बोक्रा पनि रङ बनाउन प्रयोग गर्न सकिन्छ ।

घा“स र कम्पोष्टमल, जैविक इन्धन तथा बायु शुद्धिकरणको लागी पाउलोनिया

सुरिलो रुख लामो र छरितो फेद, माथि टुप्पामा लामा लामा हा“गामा ठूला र चौडा पात यो रुखको पहिचान हो । पाउलोनियाको हरियो पात र फूल पशुहरुको लागि पौष्टिक आहार हो जसमा चिनी , चिल्लो पर्दाथका साथै २० प्रतिशत प्रोटिन रहेको हुन्छ जुन ६० प्रतिशत पाचन योग्य हुन्छ । तसर्थ शिशिरयाममा यसको पातलाई संकलन गरि डल्लो पारी काटेर पशुलाई खुवाउन सकिन्छ । एउटा १० बर्ष पुरानो रुख बाट ३० किलो घासपात र ४०० केजी हा“गाबिगा प्राप्त गर्न सकिन्छ । घा“सको लागि यो बिरुवा रोप्दा सीमित उचाई सम्म धेरै हा“गा बढ्न र फैलन दिनुपर्दछ जसले गर्दा नियमित रुपमा पातहरु प्रयोग गर्न सकिन्छ । मल बनाउन पनि यसको पात अत्यन्तै उपयोगी हुन्छ ।
जलवायु परिवर्तन तथा कार्वन शोषणको हिसाबले पाउलोनिया एकदमै छिटो बढ्ने विरुवा भएकोले यसले अन्य रुखहरुले भन्दा दश पटक धेरै कार्वनडाइअक्साइड शोषण गर्दछ र जति मात्रामा वरीपरीको कार्वन शोषण गर्छ त्यति नै पटक अक्सीजन बाहिर फाल्दछ , शोषण गरेको कार्वनलाई आºनो जराको काण्डमा संचय गर्दछ । यो रुखलाई काटेर काठ, फर्निचर वा अन्य चिज बनाउन प्रयोग गर्दा पनि र्कावन संचित नै भईरहेको हुन्छ अनि पात र जरामा भएको कार्वन पनि माटोमा मिल्न जान्छ जसले गर्दा माटो मलिलो हुनुका साथै वायुमण्डलको वरीपरी रहेको प्रदुषणहरु घटी वातावरण स्वच्छ तथा शुद्ध हुन्छ । पाउलोनिया एकपटक बृक्षारोपण गरेपछि यसको मुनाबाट फेरि रुख आउने हुनाले पटक पटक काट्न सकिन्छ र यसको फुल बसन्त ऋतुको आगमन सगै फुल्छ र लामो समय (लगभग एक महिना) सम्म रहिरहने हुनाले यो मौसममा उक्त स्थानमा मौरी पालन गर्दा धेरै मह उत्पादन हुन्छ । त्यस्तै पाउलोनिया रुखको काठ अन्तराष्ट्रिय बजारमा प्रति क्यूब फिट रु. १५००० पर्दछ भने एउटा वस्यक रुखबाट (७ देखि १० बर्षमा) ३० क्यूब फिट काठ प्राप्त हुन्छ जसलाई नेपाली बजारमा कुकाठको मुल्यमा बिक्रि गर्दा पनि प्रति बोट ४०,००० देखि ६०,००० सम्म आम्दानी लिन सकिने छ ।
यसरी बहुगुणी तथा बहुउपयोगी प्रजातिको पाउलोनिया बिभिन्न प्रयोजनको लागि प्रयोग गर्न सकिनुका साथै यसबाट अदृश्य फाइदा (संसारमा बढिरहेको उच्च तापक्रमलाई न्यूनीकरण गर्न मद्यत पु–याउनु) पनि लिन सकिने हुनाले यसको खेती गरेर निकै फाइदा पुग्ने कुरामा कुनै दुइ मत छैन ।

timenepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget