प्रधानमन्त्रीको भ्रमणमा भारतले राखेको ‘खतरनाक’ प्रस्ताव सार्वजनिक

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न भारत भ्रमणको क्रममा नेपाली प्रतिनिधिमण्डललाई भारतीय पक्षकोतर्फबाट नेपाल टुक्राउने धम्की दिइएको रहस्य सार्वजनिक भएको छ ।




भ्रमणसँगै गएका सांसदसहितको प्रतिनिधि मण्डललाई भारतीय सेना र खुफिया विभागका अवकाश प्राप्त अधिकारीसहितको भारतीय कुटनीतिज्ञको टोलीले नेपाललाई पूर्वी पाकिस्तान जस्तो हविगत बनाई दिने सांकेतिक चेतावनी दिएका थिए । भारतीय कूटनीतिज्ञहरूले चीनसँग खुला सम्बन्ध नराख्न दबाब दिएको पनि खुलेको छ ।


भारतीय पक्षले नेपालको अहिलेको स्थिति सन् १९७१ मा पूर्वी पाकिस्तानको जस्तो हुनसक्ने भएकोले जनताको आकांक्षा पूरा गर्नुपर्ने धारणा राखेका थिए । सन् १९७१ मा पूर्वी पाकिस्तानका बासिन्दाको आकांक्षा पूरा गर्न नसक्दा भारत र पाकिस्तानबीच युद्ध भएपछि पूर्वी पाकिस्तान टुक्रिएर बंगलादेश बनेको थियो ।

यो घटना प्रम ओलीको भारत भ्रमणको चौथो दिन फागुन १० गते सोमबार नयाँ दिल्लीको चाणक्यपुरीस्थित विवेकानन्द फाउन्डेसनको हलमा दिउँसो ३ बजे भएको कार्यक्रमलाई भारतीय परराष्ट्र मन्त्रालय र नेपाली दूतावास दुवैले अफिसियल कार्यक्रम सूचीमा समावेश गरेको थिएन ।

पत्रकारहरुसमेत उपस्थित नगराइएको सो कार्यक्रमलाई आवरणमा ‘नेपाली बिजनेस एन्ड ट्रेड डेलिगेसनसितको अन्तरक्रिया’ भनिएको थियो । तर, कार्यक्रममा लगानी बोर्डका सिइओ राधेश पन्तबाहेक कोही पनि बिजनेस र ट्रेडसँग सम्बन्धित व्यक्ति थिएनन् । पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीसमेत उपस्थित यो कार्यक्रममा सांसदहरुको बाहुल्य थियो । एमालेका राजन भट्टराई, राप्रपाका विक्रम पाण्डे, एमाओवादीका हितराज पान्डे, एमालेका सचेतक भानुभक्त ढकाल, मालेका अइन्द्रसुन्दर नेम्वाङ, राष्ट्रिय जनमुक्ति पार्टीकी सीमा विक, राप्रपा नेपालका भक्तबहादुर खपाङ्गी र एमालेकै लालबाबु यादवको उपस्थिति रहेको थियो । भारतीय टोलीले भने आफ्नो परिचय दिएन ।

बिजनेस एन्ड ट्रेड डेलिगेसनसँगको अन्तरक्रिया भनिए पनि भारतीय पक्षले यसबाट सांसदहरुलाई मनोवैज्ञानिक दबाब दिने साधनका रुपमा उपयोग गर्न खोजेको प्रष्ट देखिन्थ्यो ।

बिजनेसको थोरै संविधान र राजनीतिको धेरै कुरा भएको अन्तरक्रिया कार्यक्रममा पूर्व राजदूत राजीव सिकरीले भारतलाई पर राखेर नेपालको विकास हुन सक्छ कि सक्दैन भन्ने प्रश्नको जवाफ खोज्न नेपालीलाई आग्रह गरेका थिए । ‘भारतसँग खुला सीमा भए जस्तै नेपालले चीनसँग खुला सम्बन्ध कायम राख्न सकिँदैन । किनभने स्वभाविक रुपमा त्यसले भारतलाई असर पार्छ । तपाईँहरुले यसमा ध्यान दिनुस्,’ भन्दै उनले चीनको विषयमा चेतावनीमूलक भाषामा आफ्नो विचार राखेका थिए ।

बंगलादेशका पूर्व राजदूत तारिक करिमले बंगलादेशले भारतसँगको द्विपक्षीय सम्बन्ध राम्रो बनाउनु पर्ने कुरा पछि बुझेको उल्लेख गर्दै आफूहरु अन्तरनिर्भर रहेको बताए ।
news24nepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget