गोविन्द केसीले आजबाट गर्ने भनेको आमरण अनशन तीन हप्ताका लागि स्थगित

काठमाडौँ, १८ फागुन, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ गोविन्द केसीले मंगलबारदेखि सुरू गर्ने भनेको आमरण अनशन तीन हप्ताका लागि स्थगित गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै चिकित्सक केसीले नागरिक अभियानका अगुवाहरुले माग पूरा गर्ने दिशामा सकारात्मक कामहरु भइरहेकाले तिनलाई निष्कर्षमा पु¥याउन थप केही समय राज्यलाई दिन आग्रह गरेकाले सो आग्रहलाई
ध्यानमा राखेर आमरण अनशनको कार्यक्रम तीन साताका लागि स्थगित गरेको जानकारी दिनुभयो ।

यो अवधिमा विवादास्पद प्रतिष्ठानसम्बन्धी विधेयक फिर्ता लिने, चिकित्सा शिक्षाको अनियमितता र भ्रष्टाचारमा न्यायालय मुछिएको भन्ने आरोपहरुमाथि छानविन अघि बढाउने लगायतका माग पूरा नभएमा तीन हप्तापछि फेरि आमरण अनशन शुरु गर्ने चेतावनी उहाँले दिनु भएको छ ।
aajakokhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget