उत्तर कोरियाले गर्‍यो ब्यालेस्टिक मिसाइल परीक्षण

काठमाडौं, फागुन २७ । उत्तर कोरियाले दुई वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । हवानगे प्रान्तबाट समुद्रमा मिसाइल परीक्षण गरेको बताइएको छ ।
छोटो दुरीमा मार हान्न सक्ने दुई वटा मिसाइल परिक्षण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । पूर्वी तटिय क्षेत्रबाट प्रक्षेपण गरिएका दुई मिसाइल पाँच सय किलोमिटर पर गएर समुद्रमा खसेको दक्षिण कोरियाको दाबी छ ।
तर यस विषयमा उत्तरले कुनै प्रतिक्रिया दिएको छैन । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशका वैज्ञानिकले ब्यालेस्टिक मिसाइलमा जडान गर्न मिल्ने सानो आकारको परमाणु हतियार बनाएको दाबी गरेका थिए ।
गत हप्ता संयुक्त राष्ट्र संघले परमाणु कार्यक्रमलाई लिएर आफूमाथिको प्रतिबन्ध थप कडा बनाएपछि उत्तर कोरियाले मिसाइल परीक्षण र त्यससँग सम्बन्धित गतिविधि बढाएको छ ।
गत हप्ता उत्तर कोरियाले ६ वटा रकेट समुद्रमा प्रहार गरेको थियो । दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास सुरु गरेपछि उत्तरले मिसाइल प्रक्षेपण तिव्र पारेको हो ।
उत्तर कोरियाले केही दिनअघि सैन्य अभ्यास तत्काल नरोके दक्षिण कोरिया र अमेरिकामा अन्धाधुन्ध परमाणु आक्रमण गर्ने चेतावनी दिएको थियो । (एजेन्सी)
imagekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget