सभापतिमा पहिलो बने वरिष्ठ नेता देउवा !


काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टी सभापति पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
महाधिवेशन सुरु भएलगत्तै उम्मेदवारी घोषणा गर्नुभएका देउवा १३ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दर्ता गराउने पहिलो नेता बन्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा वारेसनामाको रुपमा उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । आफू खुलामञ्चमा आयोजित महाधिवेशनको उदघाटन समारोहमा सहभागी भएका देउवाको वारेशनामाको रुपमा नेता रमेश लेखकले उम्मेदवारी दर्ता गराउनुभयो । उम्मेदवारी दर्ता गराउन देउवाकी श्रीमती आरजु राणा पनि सानेपास्थित पार्टी कार्यालयमा पुग्नुभएको थियो ।
भोलीसम्म जारी रहने उम्मेदवारी दर्ता कार्यक्रममा कांग्रेसको सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएका कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता बाँकी रहेको कांग्रेसले जनाएको छ । दैनिक नेपाल डट कमबाट
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget