कृष्ण सिटौला सभापति, गगन थापाको महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं, फागुन १९ । नेपाली कांग्रसको नयाँ नेतृत्वका लागि सभापतिका आकांक्षीहरुले उम्मेदवारी घोषण गर्नेक्रम जारी छ ।

संस्थापन पक्षबाट दुई र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबाट एक गरी तीनओटा प्यानलबीच प्रतिस्पर्धा हुने निश्चित भइसकेको अवस्थामा सुजाता कोइरालाले पनि सभापतिमै उम्मेदवारी घोषणा गरेकी छन् ।

संस्थापनबाट महामन्त्री कृष्णप्रसाद सिटौलाले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।

बुधबार अपराह्न राजधानीमा पत्रकार सम्मेलन गरी सिटौलाले कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सिटौलाको प्यानलबाट महामन्त्रीमा गगनकुमार थापा र कोषाध्यक्षमा उमाकान्त चौधरी रहेका छन् ।

कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलले पनि अहिले केही बेरमा प्यानलसहित उम्मेदवारी घोषणा गर्दै छन् ।

पौडेलको प्यानलबाट महामन्त्रीमा बीपी कोइरालाका पुत्र शशांक कोइरालाले उम्मेदवारी दिने तय भएको छ ।

वरिष्ठ नेता देउवाले भने विहीबारमात्रै उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget