नेपालका खेलाडी विश्वका हस्तीहरुसँग भारतमा आइपीएल खेल्ने

काठमाण्डु, १९ फागुन– छिमेकी देश भारतमा विश्व क्रिकेटमा निकै चर्चामा रहेको टी–२० क्रिकेट प्रतियोगिता आइपीएल हुने गरेता पनि त्ययसमा अहिलेसम्म नेपाली खेलाडीले मौका पाएका छन् ।
विश्व क्रिकेटका हस्तीहरुले भरिएको सो प्रतियोगिता क्रिकेटमा सबैभन्दा बढी चर्चामा रहने र धेरै दर्शकले हेर्ने प्रतियोगिता मानिन्छ ।

आगामी अप्रिय दोश्रो सातादेखि भारतमा हुने सो प्रतियोगितामा विश्व क्रिकेटका हस्तीलाई करोडौँ पैसा लगाएर किन्ने र आफ्नो टीममा पार्ने काम सकिएको छ ।

यससँगे नेपाली क्रिकेट क्षेत्रमा गुमनाम रहेका डडेल्धुराका क्रिकेटर दिलबहादुर बोहराले सो प्रतियोगितामा अवसर पाउने लगभग पक्का भइसकेको छ ।

किङ्ग्स इलेभेन पञ्जाबबाट तीनमध्ये दुई छनोट खेल पार गरेका बोहराको छनोटकोे अन्तिम चरण बिहीबार हुनेछ । अन्तिम चरणमा उनको फिटनेसमात्र जाँच गर्ने भएकाले उनी छनोटमा पर्ने पक्काजस्तै भएको हो ।

त्यसो त उनलाई पञ्जाब क्रिकेट एसोसियशनले पत्र काटेर शुभकामनासहित छनोट भएपछि वार्षिक २५ लाख रुपैयाँमा अनुबन्धन गर्ने तयारी गरेको छ ।

धनगढीबाट राष्ट्रिय टोलीका लागि क्षेत्रीय छनोटमा राम्रो प्रदर्शन गर्दासमेत छनोट हुन नसकेका बोहरा निराश भएर क्यारिएरको खोजिमा भारत भएका थिए ।

उनले भारतको पञ्जावमा क्रिकेट खेल्ने क्रममा राम्रो प्रदर्शन गरेपछि क्रिकेटका हस्तीहरुले भरिएको किङ्ग्समा अवसर पाएका थिए ।

को–को छन् किङ्ग्स इलेभेन पञ्जाबमा ?
पञ्जाबमा मुरली विजय, म्याक्सवेल, मिचेल जानसोन, डेभिड मिलर, मोहित शर्मा, फरहान, साउन मार्स, क्याली जोन लगायतका विश्व क्रिकेटका हस्तीहरु छन् ।
अन्य टीममा पाकिस्तानी बाहेक विश्व क्रिकेटका सबै हस्ती सहभागी छन् ।
कुन–कुन टीम छन् आइपीएलमा ?
१. डिल्ली डेयर डेभिल्स
२. किङ्ग्स इलेभेन पञ्जाब
३. कोलकत्ता किनाइट रिडर्स
४. मुम्बइ इन्डियन्स
५. रोयल च्यालेन्जर्स बैंगलोर
६. सनराइज हैदराबाद
७. टीम पुने
८. टीम राजकोट
kathmandutoday
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget