काठमाडौं आइपुगे विहारका मुख्यमन्त्री नीतिशकुमार, को-को लाई भेट्दैछन् ?

काठमाडौं, फागुन १९ । नेपाली कांग्रेसको विहीबारदेखि सुरु हुने महाधिवेशनमा सहभागी हुन भारतको बिहारका मुख्यमन्त्री नितिशकुमार बुधबार काठमाडौं आइपुगेका छन् ।

उनीसँगै जनता दल युनाइटेडका नेता केसी त्यागी पनि काठमाडौं आएका छन् । उनीहरुले बुधबारै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

बुधबारै कांग्रेसको महाधिवेशनमा सहभागी हुन बंगलादेशका सूचनामन्त्री हसनुल हक इनु पनि काठमाडौं आइपुगेका छन् ।

सन् १९९२ मा झापामा सम्पन्न कांग्रेसको आठौं महाधिवेशनदेखि अहिलेसम्मका सबै महाधिवेशनमा उनी सहभागी हुँदै आएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीहरुसँग बोल्दै उनले आफ्नो दल जातीय समाजतान्त्रिक दल र नेपाली कांग्रेसबीचको सम्बन्ध सधैं हार्दिक रहेको बताए ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget