अख्तियारको आँगनबाट लोकमानले अन्माए कान्छी छोरी

काडमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले कान्छी छोरी आकृति कार्कीको बिहे गरेका छन् ।
काठमाडौको थापागाउँ निवाशी प्रवल थापासँग आकृतिको विवाह भएको हो । प्र्रवल सामान्य ब्यापारी हुन् । उनले राजधानीमा एक डिपोर्टमेन्टल स्टोर सञ्चालन गर्दै आएका छन् ।

शनिवार अख्तियार हेड्क्वार्टर टंगालमा आयोजित कार्कीको कान्छी छोरीको विवाहमा राजनीतिक दलका नेता तथा सरकारका उच्च पदस्थ अधिकारीहरु देखिएनन् ।

बेहुला पक्ष ५१ जना जन्ती लिएर टंगाल पुगेका थिए भने बेहुली पक्षका परिवार र आफन्तसहित करिब एक सय जना उपस्थित थिए ।
विहेभोजमा कार्कीले शाकाहारी खानामात्र उपलब्ध गराएका थिए । बिहेमा सहभागी एक आफन्तले भने, ‘बियर वा जुस केही पनि सर्भ गरिएन, विवाह सामान्य खालको थियो ।’

समाजिक सुधार ऐनलाई आफैंबाट शुरु गर्नुपर्ने भन्दै कार्कीले छोरी ज्वाईँलाई कुनै उपहार नदिई आशिर्वाद मात्रै दिएका थिए ।
केहि दिनअघि नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईपुत्री मानुषी यमीको पनि यस्तै खालको विवाह भएको थियो । जुन वैवाहिक समारोहमा आशीर्वाद दिन लोकमान पनि पुगेका थिए ।
ratopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget