पौडेललाई घाऊ देउवालाई दाऊ सिटौला बने साहु

काठमाडौ ।
खेलमा हारजित हुन्छ । राजनीतिमा पनि विजय र पराजय निश्चित हुन्छ । निर्वाचनमा झन नहुने कुरै भएन । निर्वाचन भनेको सोझो औलाले घिऊ आउने खेल परेन । निर्वाचनमा आफ्नो क्षमता तिकडम जालझेल अनेक धन्दा हुने गर्छन । नेपाली कांग्रेको १३ औ महाधिवेशनमा पनि यस्ता खेलबाट अछुतो रहेन ।

पार्टीको विधान अनुसार दोहोर्याएर सभापतिको लागि मतदान भयो । नेपाली कांग्रसेको पार्टी जीवनमा पचास बर्ष कोइराला परिवारले मात्र पार्टीको नेतृत्व गरेको थियो । तर यस पटक सभापतिका उम्मेदवार शेरबहादुर देउवाले कोइराला परिवारको दम्भ र घमण्ड तोड्न सफल भए । परिवारवादको पराकाष्टा भत्काउने खेल देउवाको पूर्ण रुपमा सफल भयो ।

सभापतिको लागि रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्ण सिटौला मैदानमा आएपछि धेरैले देउवाले जित्ने अनुमान गरेका थिए । महाधिवेशनको माहोल पनि त्यही प्रकारको थियो । नभन्दै देउवाले पाँस सय मतअन्तरले सभापतिमा बाजी मार्न सफल भए । पार्टीमा पहिलो पटक सभापति बन्न अवसर मिल्यो ।

रामचन्द्र पौडेललाई लागेको निको नहुने घाऊ
बाहिर लागेको घाऊ त औषधि उपचारले निको हुन्छ । यसको लागि केही समय लाग्छ । तर मित्री मनमा लागेको घाऊ निको हुने औषधी सम्भवत अहिलेसम्म बन्न सकेको छैन । अभागी पनि कतिसम्म भने प्रधानमन्त्री बन्न सपना देखेर संसदमा १७ पटकसम्म लडदा पनि पराजित भए । संविधानसभाको दोस्रो निर्वाचनपछि पार्टी संसदीय दलको नेता बन्ने अभियानमा दौडधुप गरे । तर सुशील कोइरालाले पत्याएनन । कोइरालाको निधन भएपछि सभापति बन्ने चाहना र अभिलाशा राखे । त्यो पनि अधुरै रह्यो । सपना उडायो सबै हुरीले …भनेझै भयो पौडेलको जीवनमा १३ औ महाधिवेशन पनि ।

संस्थापन पक्षलाई मिलाउन सकेको भए सभापतिको कुर्सी भेटाउने त्यति टाढा थिएन । तर पौडेलले आफ्नो नैतिक क्षमताले त्यसो गर्न सकेन । संस्थापन पक्षलाई मिलाउन नसक्नु र संस्थापन पक्षबाट देउवातिर जानबाट रोक्न नसक्नु नै पौडेलको हारको प्रमुख कारण बन्न पुग्यो । स्थायी गुट नभएका पौडेलेको साहरा कोइराला परिवार थियो ।

कोइराला परिवारको सक्रियता पनि शसक्त देखिएन । अघिल्लो महाधिवेशनमा आंकलन गरेर पौडेलले सभापति बन्न जोड घटाउ गरेर बसे । तर उनको पक्षमा महाधिवेशन प्रतिनिधहरुले मतदान नगरेपछि जोड घटाउको के काम ? पौडेलको राजनीतिक जीवनमा यो हार बाचुन्जेलसम्मको लागि आलो घाऊ बनेर बस्ने भयो ।



ज्योतिषको भविष्यवाणीसंगै देउवालाई लागेको दाऊ
महाधिवेशन सुरु हुने अघिल्लो दिन नै प्यानल घोषणा गर्नु पर्ने भएपनि देउवाले ज्योतिषले गरेको भविष्यवाणी अनुसार फागुन १९ गते प्यानल घोषणा गरेनन् । उनले महाधिवेशनको उद्घाटन हुने दिन फागुन २० गते बिहान प्यानल घोषणा गरेर उद्घाटन सत्रमा भाग लिन खुल्ला मञ्चमा गएका थिए ।
तीन पटक प्रधामन्त्री बनेका देउवाले यस अघि पार्टी एकीकरण भएपछि दुई पटक सभापतिमा उम्मेदवारी दिएका थिए । तर जित हात पार्न सकेका थिएनन् । हारबाट उनी विचलित भएनन् ।

उनले सभापति बनेरै छाड्ने अभिलाषा बोकेर संगठन विस्तार र आफ्नो पक्षमा कार्यकर्तालाई आकर्षित पार्ने काममा निरन्तर रुपमा लागि रहे । पार्टीभित्र ४० प्रतिशत राजनीतिक गर्दै आएका देउवाले यस पटक चालिसबाट बढाएर साठी प्रतिशतको राजनीति गने अभिमत सहित सभापतिमा विजयी भए ।

देउवाले सभापतिमा दुई पटक हारे तर जित्ने सपना देख्न छोडेनन् । देउवाले यस पटक ज्योतिषलाई पनि भाग्य हेराए । महाधिवेशन प्रतिनिधिहरुको पनि जोड घटाउ गरे । देउवालाई दाउ नै लागेको भन्नु पर्छ अन्तिम समयमा आएर संस्थापनका प्रभावकाशाली नेता अर्जुन नरसिंह केसी, कुलबहादुर गुरुङ, फरमुल्ला मन्सुरलाई लैजान सफल भएका थिए । देउवाले खुमबहादुर खड्काको पनि साथ पाए । जसले गर्दा धेरै मत ल्याउनको लागि उनलाई बल मिल्यो ।

त्यसो त सबै भन्दा सजिलो संस्थापन पक्षमा दुई प्यानल हुनु नै देउवालाई ढुङ्गो खोज्दा देउता मिल्यो । पुनः मतदान हुँदा त झन देउवाले पाँच सय मतअन्तरले विजयी भए । सिटौला र गगनले नयाँ प्यानल बनाउदा देउवालाई थप चिठ्ठा पर्यो । यस पटकको गणित पनि देउवाको अनुमान मिल्यो । १८ सय भोट गनेर बसेको देउवाको नभन्दै त्यति नै पुग्यो । सभापति बन्न सफल भएपनि पार्टीभित्र देखिएको अनेक खालका गुटबन्दीको समाधान गरेर अगाडि बढ्ने बाटो त्यति सहज छैन् ।

पर्दाभित्रका खेलाडी सिटौला बने साहु
पार्टीमा पर्दा भित्रको खेलाडी रहेका कृष्णप्रसाद सिटौला यस पटक पर्दा बाहिर आए । उनले रामचन्द्र पौडेलसंग प्रतिस्पर्धा गर्न सभापतिमै उम्मेदावरी दिए । उम्मेदवारी फिर्ता लिनको लागि पौडेलले अन्तिम समयसम्म कसरत गरेपनि सिटौलाले चटाने अडान फेरेनन् ।

सिटौलाले उम्मेदवारी दिँदा संस्थापन पक्षकै भोट काटियो । पहिलो निर्वाचन मार्फत परिणाम नआउदा पुनः दोहोर्याएर निर्वाचन गर्नुपर्ने अवस्था सृजना भयो । पहिलो खेलबाट सभापतिका उम्मेदवार पौडेल र देउवा बाहेक सिटौला बाहिरिए । सभापतिको लागि पुनः पौडेल र देउवाबीच मतदान भयो । चलाख खेलाडी सिटौलाले सहमतिको पासा फाले तर पौडेलले मानेन । अन्ततः सिटौला पक्षको भोट पनि देउवालाई नै गयो । पाँच सय मत अन्तर देखियो । अहिले कांग्रेसभित्र सिटौला साहुको भूमिकामा देखिएका छन् ।

सिटौलाले संस्थापन पक्षबाट उम्मेदवारी नदिएको र संस्थापन पक्षका नेताहरु देउवा पक्षमा नगएको भए पौडेलले जित्ने निश्चित थियो । मत परिणाले पनि त्यहीँ देखाउँछ । अन्तिम फैसला पनि सिटौलाबाटै भयो । सिटौलाको भूमिका अझै पनि संकास्पद देखिएको छ ।

nepaliheadline
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget