नयाँ दिल्लीको मेदान्त असपतालमा उपचाररत राष्ट्रिय गानका संगीतकार समेत रहनु भएका वरिष्ठ संगीतकार अम्बर गुरुङ आज डिस्चार्ज हुँदै

भारतको नयाँ दिल्लीको मेदान्त असपतालमा उपचार गराइरहनुभएका वरिष्ठ संगीतकार अम्बर गुरुङ आज अस्पतालबाट डिस्चार्ज हुँदै हुनुहुन्छ । स्वास्थ्यमा सुधार हुँदै गएपछि उहाँलाई डिस्चार्ज गर्न लागिएको हो ।

नसा तथा पाचन प्रणालीमा समस्या आएपछि गुरुङलाई थप उपचारको लागि झण्डै चार हप्ताअघि उपचारका लागि मेदान्त अस्पताल लगिएको हो ।सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मनुभएका गुरुङ नेपाली संगीतमा लामो समयदेखि सक्रिय हुनुहुन्छ । संगीतकार गुरुङ लामो समयदेखि मधुमेह, पार्किन्सन लगायतका रोगबाट पीडित हुनुहुन्छ । राष्ट्रिय गानका संगीतकार समेत रहनु भएका गुरुङलाई यसअघि नै सरकारले आजीवन भत्ता दिने निर्णय गरेको थियो । उहाँको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय पनि भैसकेको छ ।

News24Nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget