अब नेपालले नेदरल्याण्ड, केन्या, हङकङ र यूएईसँग खेल्न बाँकी छ

२१ फागुन, काठमाडौं । नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नामिबियासँग घरेलु मैदान कीर्तिपुरमा खेल्ने मौका गुमाएको छ । अब यो खेल दिल्लीमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानको आन्तरिक विवाद समाधान नभएपछि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले काठमाडौंमा हुने भनिएको खेल दिल्लीमा सार्ने संकेत दिएको छ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र नामिबियाबीचको खेल वैशाख ४ र ६ (अप्रिल १६/१८) मा कीर्तिपुरमा गर्ने तय भएको थियो । तर, आईसीसीले अब यो खेल दिल्लीको ग्रेटर नोयडामा गर्ने सहमति जनाएको छ ।

नेपाल र नामिबियाबीचको खेल तय भएको भन्दै ग्रटेर नोयडा इन्ड्रस्टियल डेभलोपमेन्ट अथोरिटीका म्यानेजर राजिव ग्यागीले भने-‘आईसीसीले पास गरेको छ । तर, अन्तिम क्लियरेन्स हुन बाँकी छ ।’ नेपाल क्रिकेट संघकी कार्यकारी अधिकृत भावना घिमिरेले पनि अन्तिम निर्णय हुन बाँकी रहेको अनलाइनखवरलाई बताइन् ।

नेपालले यसअघि पपुवा न्यूगिनीसँग घरेलु मैदानमा खेल्ने मौका गुमाएको थियो । वैशाख १२ को भूकम्पपछि आईसीसीले नेपाल र पपुवा न्यूगिनीको खेल यूएईमा सारेको थियो । तर, दुबै खेलमा नेपाल पराजित भएको थियो ।

यस्तै नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो चरणको खेल स्कटल्याण्डसँग उसकै घरेलु मैदानमा खेलेको थियो । त्यहाँ पनि दुबै खेल हारेको थियो ।

नेपाल अझै अंकबिहीन छ र अंक तालिकाको पुछारमा छ । अब नेपालले नेदरल्याण्ड, केन्या, हङकङ र यूएईसँग खेल्न बाँकी छ । लिगको शीर्ष चार टोलीले २०१८ मा हुने विश्वकप छनोट खेल्ने मौका पाउनेछ भने पुछारका चार टोली डिभिजन २ मा झर्नेछ ।
onlinekhabar

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget