आम मधेसीकै बेइज्जत हुनेगरी नीतीशकुमारका अगाडि मधेसी नेताको अलाप

लहान, २१ फागुन– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले बिहीबार भारत बिहारका मुख्यमन्त्री नीतीशकुमारलाई भेटेर मधेसका माग सम्बोधनमा पहिल गरिदिन अनुरोध गरेका छन् ।
नेपाली कांग्रेसकोको १३ औ महाधिवेशनमा सहभागी हुन बुधबार काठमाण्डु आएका नीतीशसँग मोर्चाका नेताले उनी बसेको होटल द्वारिकाजमै पुगेर भेटवार्ता गरेका हुन् । मोर्चामा आबद्ध पाँच दलका शीर्ष नेता र दुई दलका प्रतिनिधि बिहान १० बजे द्वारिकाज पुगेका थिए । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र समाजबादी फोरमका उपेन्द्र यादव भने सो भेटमा थिएनन् । यी दलका प्रतिनिधि सहभागी थिए ।
नीतीशसँग भेटेर आफ्नो  आवाज दिल्लीसम्म पुर्‍याइदिन अनुरोध गरेको सदभावनाका अध्यक्ष राजेन्द्र महतोले बताए । नागरिक दैनिकबाट
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget