परमाणु हतियार जुनसूकै बेला प्रयोग गर्नसक्ने गरी तयार रहन निर्देशन

प्योङयाङ्ग, फागुन २१ । उत्तर कोरियाली नेता किम जोङ उनले परमाणु हतियार जुनसुकै बेला प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राखिएको बताएका छन् । उनले उत्तर कोरियाली सेनाका अधिकारीहरुसँग कुरा गर्दै परमाणु हमलाका लागि तयार रहनुपर्ने बताए ।
अमेरिकालगायत विरोधी देशहरुले उत्तर कोरियाको अस्तित्वलाई धम्की दिइरहेको दाबी गर्दै उनले आफूहरुको सम्प्रभूताको रक्षाका लागि परमाणु क्षमतामा वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए । अहिले जटिल परिस्थिति सिर्जना भइरहेको उनको भनाई थियो ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाविरुद्ध कडा नाकाबन्दी गर्ने निर्णय गरेलगत्तै उनको यो अभिव्यक्ति सार्वजनिक भएको कोरियाली सेन्ट्रल न्यूज एजेन्सीले जनाएको छ । सुरक्षा परिषद्ले परिमाणु परीक्षण र मिसाइल प्रक्षेपण गरेको भन्दै उत्तर कोरियाविरुद्ध नाकाबन्दी लगाएको थियो । त्यसलगत्तै उत्तर कोरियाले ६ वटा कम दुरीमा मार हान्ने मिसाइल प्रक्षेपण गरेको थियो ।
किम जोङ उनको अभिव्यक्तिप्रति अमेरिकाले प्रतिक्रिया जनाएको छ । पेन्टागनका प्रवक्ता कमान्डर बिल अर्वानले उत्तेजक कामहरु नगर्न कोरियालाई आग्रह गर्दै आफूहरु उत्तर कोरियाको भनाईप्रति भन्दा अन्तर्राष्ट्रिय दायित्वमा केन्द्रीत रहने बताए । (एजेन्सी)
imagekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget