फेसबुक संस्थापक जुकरबर्ग बने विश्वकै छैटौँ धनी व्यक्ति, यी हुन् टपटेन अर्बपति

फेसबुकका सिइओ तथा संस्थापक मार्क जुकरबर्ग विश्वका सबैभन्दा धनी व्यक्तिहरुको सूचिमा छैटौँ स्थानमा उक्लिएका छन् । ४४ अर्ब ६० करोड डलर सम्पत्ति सहित जुकरबर्ग विश्वका छैटौँ धनी व्यक्ति बन्न सफल भएका हुन् ।
फोब्र्स म्यागेजिनले हालै सार्वजनिक गरेको सन् २०१६ का विश्वका अर्वपतिहरुको सूचिमा ३१ वर्षका जुकरबर्गले पहिलोपल्ट आफुलाई विश्वका टपटेन अर्बपतिको सूचिभित्र पारेका हुन्  । गत वर्ष १६ औँ स्थानमा रहेका जुकरबर्गले १० स्थान फड्को मारेका हुन् ।
पछिल्लो एक वर्षमा उनको सम्पत्ति ११ अर्ब २० करोड डलरले बढेको छ ।  विश्वका टपटेन धनाढ्यमा उनी सबैभन्दा कान्छा हुन् । टपटेनमा परेका दोश्रो कम उमेरका अर्बपती अमेजनका संस्थापक जेफ बेथाुसको उमेर ५१ वर्ष छ र उनी जुकरबर्ग भन्दा एक स्थान माथि अर्थात् पाचौँ स्थानमा रहेका छन् ।
यो सँगै जुकरबर्ग अमेरिकाको चौथो धनी व्यक्ति बनेका छन् । अमेरिकामा ४० वर्षभन्दा कम उमेरका अर्बपतिहरुमा भने उनी एक नम्बरमै उक्लिएका छन् ।
स्मरण रहोस् जुकरबर्ग विश्वका शक्तिशाली व्यत्तिहरुको सूचिमा १९ औँ नम्बरमा रहेका छन् । केही महिनाअघि पुत्रीलाभ गरेका जुकरबर्ग दम्पतिले छोरी जन्मेको उपलक्ष्यमा आफ्नो नाममा रहेको फेसबुकको शेयरमध्ये ९९ प्रतिशत कल्याणकारी कार्यमा दान गर्ने घोषणा गरिसकेका छन् ।
को को विश्वका टपटेन अर्वपतिको सूचिमा ?
१. बिल गेट्स : सम्पत्ति ७५ अर्ब डलर, अमेरिका
२. एमान्सियो ओर्टेगा : सम्पत्ति ६७ अर्ब डलर, स्पेन
३. वारेन बफेट : सम्पत्ति ६०.८ अर्ब डलर, अमेरिका
४. कार्लोस स्लिम हेलु : सम्पत्ति ५० अर्ब, मेक्सिको
५. जेफ बेजोस : सम्पत्ति ४५.२ अर्ब, अमेरिका
६. मार्क जुकरबर्ग : सम्पत्ति ४४.६ अर्ब, अमेरिका
७. ल्यारी इलिसन : सम्पत्ति ४३.६ अर्ब, अमेरिका
८. माइकल ब्लुम्बर्ग : सम्पत्ति ४० अर्ब, अमेरिका
९. चाल्र्स कोच : सम्पत्ति ३९.६ अर्ब, अमेरिका
१०. डेभिड कोच : स्रम्पत्ति ३९.६ अर्ब, अमेरिका
onlinekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget