स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्मको ट्रेलर रिलिज

२४ फाल्गुण २०७२,काठमाण्डौ । स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्तिम प्रर्दशन हुन बाँकी अन्तिम चलचित्र ‘ईन्द्राबती’ को ट्रेलर सार्बजनिक गरिएको छ ।बहु चर्चीत टेली फिल्म ईन्द्रावती कै कथामा बनेको चलचित्रको नाम पनि ईन्द्रावती नै रहेको छ ।नाम एउटै भएपनि प्रस्तुती धेरै फरक भएको निर्माण पक्षले जानकारी गराएको छ । उक्त चलचित्रमा स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठलाई अभिनेत्री विपना थापाले साथ दिएकी छिन ।
बिपना पनि अहिले चलचित्र क्षेत्र बाट पलायन भईसकेकी छिन् । द्धारिका तिमल्सीना र दिपेन्द्र दाहालको लगानीमा उपदिप फिल्मस्को ब्यानरमा निर्मित चलचित्रलाई बद्री अधिकारीले निर्देशन गरेका हुन् । बद्रीकै लेखन रहेको चलचित्रमा शम्भुजीत बाँस्कोटाको सँगीत,कुमार मर्हनको द्धन्द,शान्ता नेपालीको नृत्य र कुमार बखतीको छायाँकन रहेको छ । चलचित्रमा स्व. श्रीकृष्ण र विपनाको अलवा रजनी राना, उपेन्द्र तिमल्सीना,जयन्नंद चंद ठाकुर,देशभक्त खनाल,विष्णु भक्त फुंयाल,सन्तोस थपलीया,लक्ष्मण विक्रम बस्नेत, लोकमणी सापकोटा,उत्तम केसी र रवि गिरी लगायत कलाकारको अभिनय रहेको छ । चलचित्र चैत्र १९ गतेबाट प्रर्दशनमा आउने वितरक सरोज शर्माले जानकारी गराए ।
filmybazar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget