बलिउड गायक होलीमा बादशाह नेपाल आउँदै

काठमाडौं (अन्नपूर्ण): 'चल बेटा सेल्फी ले ले रे', ‘अभि तो पार्टी सुरु हुई हे,' जस्ता गीत गाएका बलिउड गायक तथा र्‍यापर बादशाह होलीको अवसरमा नेपाली दर्शकमाझ प्रस्तुत हुने भएका छन्।

फागु फूर्णिमामा राजधानीको सानो गौचरनमा उनको कन्सर्ट आयोजना हुने भएको छ।नाजी इन्टरटेनमेन्टको मुख्य आयोजना र युहान इन्टरनेसनल इभेन्टस्को सहआयोजनामा चैत ९ गते सम्पन्न हुने ‘बादशाह लाइभ इन नेपाल’ कन्सर्टमा उनले आफ्ना गीत प्रस्तुत गर्न लागेका हुन्।


 पछिल्लो समय नेपाली युवामाझ उनको गीत लोकप्रिय भएकोले नेपाल ल्याउन लागिएको आयोजक नासिर हुसेनले जानकारी दिए। कन्सर्टमा नेपालका चर्चित गायकगायिकाको पनि सहभागिता रहने युहान इन्टरनेसनकी अध्यक्ष सञ्चिता श्रेष्ठले बताइन्।

कन्सर्ट स्थलमा फुडस्टल र बारको पनि व्यवस्था गरिने आयोजकले जनाएको छ। बादशाहलाई सुन्न दर्शकले तीन हजार वा एक हजार रुपैयाँको टिकट खरिद गर्नुपर्ने व्यवस्था आयोजकले गरेको छ।
annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget