गगन थापाले हारेका होइनन् जितेका छन्



चुनावमा हारजित एउटा सामान्य र सर्वव्यापी प्रक्रिया हो । त्यसैले १३ औँ महाधिवेशनमा महामन्त्रीमा गगन थापाको हारबाट निराश भइहाल्नपर्ने कारण छैन ।
कांग्रेसमा बिपी पुत्र नबनिर्वाचित महामन्त्री शशांक कोइराला र कांग्रेसका हस्ती नेता आफ्नै ससुरा अर्जुननरसिंह केसीसँग महामन्त्रीमा चुनाब भिड्नु र सम्मानजनक मत ल्याउनु चानचुने कुरा होइन ।
स्वयं हालै निर्वाचित सभापति शेरबहादुर देउवा पनि पहिला सभापति लगाएत संसदिय दलको नेतामा पटक–पटक हार चाखिसकेका ब्यक्ति हुन् । असफलता र हारबाट बिचलित नभइ मैदानमा डटिरहदा पछिल्लो पटक सभापतिमा बिजय प्राप्त गरेरै छोडे ।

गगन पनि मैदानबाट नहटुन् आफ्नो निष्ठा, इमानदारिताबाट कहिल्यै दायाँबायाँ नहोउन् । यो हार सम्मानजनक हार हो ।
गगनले आफुलार्इ पार्टीभित्र र बाहिर मजबुत बनाउँदै लगेर आगामी दिनमा कांग्रेसको महामन्त्री मात्रै होइन पुरै कांग्रेस पार्टीकै नेतृत्व लिन सकुन् ।
त्यसैले हिजोको मतपरिणाममा जे र जस्तो मत आएता पनि गगनले सबैको मन जितेका छन् । उनको कार्यशैली र कार्यकुशलता कांग्रेसमा अहिले आवश्यक छ । गगन एकपटक पक्कै गगन छुनेछन् ।
kathmandutoday
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget