कांग्रेस सभापतिबारे ज्योतिषको ‘खतरनाक’ भविष्यवाणी, को-कोमा देखियो दोष ?

काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा भर्खरै मतदान प्रक्रिया सुरु भएको छ ।
मतदान प्रक्रिया सुरु भएसँगै सभापतिमा को जित्ने र को हार्ने भनेर नेता कार्यकर्ता तथा जनताले निकै चाँसोका साथ हेरिरहेका छन् ।
१३ औं महाधिवेशनबाट आगामी पाँच वर्षका चुनिने नयाँ नेतृत्व लिन कार्यबाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला मैदानमा छन् ।
पौडेल र सिटौला संस्थापन पक्षबाट उभिदा देउवालाई फाइदा पुगेको र त्यही आधारमा देउवाले जित्ने सम्भावना बोलियो रहेको आकलन नेता, कार्यकर्तादेखि सर्वसाधारसम्मले गरेका छन ।
यसैक्रममा ज्योतिषहरुले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् । चर्चित युवा ज्योतिष सुनील सिटौलाले कांग्रेस सभापति पदमा निर्वाचित हुने नेताबारे भविष्यवाणी गरेका छन् ।
उनले विदेशीले चाहेको उम्मेदवार नै सभापति हुने योग देखिएको बताए । ‘बिहान ८ः४५ बजेदेखि मतदान सुरु भएको छ रे, चर लग्न केन्द्र खाली भाग्यमा शनि, लाभमा शुक्र चन्द्र, विदेशी शक्तिकेन्द्रले चाहेको उम्मेदवारले चुनाव जित्छ ।’
ज्योतिषले भविष्यवाणी गरेअनुसार कांग्रेसमा वरिष्ठ नेता देउवालाई छिमेकी देश भारतले समर्थन गरेको बताइन्छ । जसका कारण देउवाले चुनाव जित्नेछन् ।
dainiknepal-

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget