नेपालीलाइ खूसीकेा खबर भारतलाई काउन्टर दिँदै नेपालसँग बंगलादेशले गर्यो आकर्षक प्रस्ताव

काठमाडौं, २१ फागुन । भारतलाई काउन्टर दिँदै बंगलादेशले फेरि पनि नेपालसँग अर्काे प्रस्ताव राखेको छ ।
नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सहभागी हुन काठमाडौं आएका बंगलादेशका सूचना तथा सञ्चारमन्त्री हसनुल हक इनुले बंगलादेशलाई ऊर्जाको आवश्यकता रहेको र त्यसका लागि नेपालसँग प्रस्ताव गरिसकेको बताउनुभएको छ ।
बंगलादेश पनि भारतको चर्काे विरोध गर्ने देश हो ।
रिपोर्टर्स क्लब नेपालले आज बिहान आयोजना गरेको साक्षात्कारमा उहाँले दुई देशबीच ऊर्जाका आदानप्रदान गर्न सकिने सम्भावना रहेकाले यसतर्फ दुई देशका सरकारले तत्कालै पहल थालनी गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले गङ्गा, ब्रह्मपुत्र र मेघना नदी (जिबिएन) बेसिनबाट ८० हजार मेघावाट विद्युत् उत्पादन गर्न सकिने भएकाले यस क्षेत्रको पानी र ऊर्जाको सङ्कट अन्त्य गर्न सकिने भएकाले यसमा साझेदारीको आवश्यकता औँल्याउनुभयो ।
मन्त्री इनुले बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा हतियार सहयोग गरेर नेपालले गुण लगाएको भन्दै बङ्गलादेशका दीपकङ्र बुद्धको दोस्रो घर नेपाल भएकाले दुई देश सांस्कृतिक बन्धनमा बाँधिएको भन्दै दुई देशबीच आर्थिक, पर्यटन र सांस्कृतिक क्षेत्रमा सहकार्य गर्न सकिने बताउनुभयो ।
अहिले सात हजार बङ्गलादेशी पर्यटक नेपाल आउने गरेकामा सडक मार्ग खुला भएपछि यो संख्या बढ्ने सम्भावना व्यक्त गर्दै नेपालको हिमाल, पहाड हेर्न बङ्गलादेशी र बङ्गलादेशको नदी, समुद्री किनार हेर्न नेपाली पर्यटक जानसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल–बङ्गलादेशबीच हवाई सम्पर्क रहेकामा बङ्गलाबन्ध र फूलबारीसँगै मङ्गलपुर चितगाउँको बन्दरगाह पनि नेपालको लागि खुला भएकाले अब बृहत् साझेदारीको सम्भावना खुलेको छ ।’
हाल नेपालका अधिकांश जलविद्युत आयोजनामा नेपालले भारतसँग मात्रै साझेदारी गर्दै आएको छ ।
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget