‘उत्तर कोरियाको परिमाणु शक्तिलाई हरेक प्रकारले बढाउनुपर्ने आवश्यकता छ,’ किमले भने,’ ताकि हामी कुनै पनि बेला देशको रक्षा गर्न सकौं। अब हामीले आफ्ना सेनालाई परमाणु हतियारको प्रयोग गर्न दिनुपर्छ किनभने हामी आफ्ना शत्रुको समना गर्न सक्षम हुन जरुरी छ।’ उनले आफ्ना शत्रुलाई जवाफ दिन सेना सक्षम हुनुपर्ने बताए।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उत्तर कोरियाले फेब्रुअरीमा मिसाइल परीक्षण गरेपछि दक्षिण कोरियाले आफ्नो सेनालाई सतर्क अवस्थामा राखेको छ। उत्तर कोरियाले छोटो दूरीसम्म मार हान्न सक्ने मिसाइल प्रयोग गरेपछि दुईदेशबीचको तनाव उत्कर्षमा पुगेको छ।
News24Nepal
Post a Comment