भारत जाँदै गरेका ६ बालकलाई प्रहरीद्वारा उद्धार

भारत जान लागेको अवस्थामा नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट प्रहरीले उद्धार गरेका बालकहरु । तस्बिर: मनोज बडू/कान्तिपुर
फाल्गुन १८, २०७२- भारत जाँदै गरेको अवस्थामा प्रहरी चौकी दत्तुले ६ जना बालकहरुको उद्धार गरेको छ । बालकहरुको समूह भारत जाने देखेपछि दत्तुमा रहेको नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट प्रहरीलाई शंका लागेर उनीहरुको उद्धार गरेको प्रहरीले जनाएको छ ।
   
धारी–२ का १२ वर्षीय मुकेश कुँवर, सोही ठाउँका १३ वर्षीय विवेक कुँवर, महेश कुँवर, साजन कुँवर, १४ वर्षीय महेन्द्र कुँवर र धारी–२ का १६ वर्षीय जितेन्द्र कुँवर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिए । उनीहरु सबै धारीपाटा मावि धारीमा अध्ययनरत रहेको परिवारका सदस्यहरुले बताएका छन् । दार्चुलाबाट भारत जाने लागेको अवस्थामा यति धेरै संख्यामा बालकहरुलाई प्रहरीले उद्धार गरेको पहिलो घटना हो ।

सोमबार साँझ घरबाट भागेर राति अपी नगरपालिका–४ मा रहेको जितेन्द्रको मामा घरमा बास बसेको र मामा घरमा कहाँ जाने भनेर सोध्दा पल्लो गाउँ घुम्न जाने भनेर मंगलबार बिहानै त्यहाँबाट आएको जितेन्द्रले बताए । ‘आफ्नै गाउँको एक ना केटा बलुवाकोटको होटलमा काम गरिरहेको छ,’ उनले भने, ‘उ सित मेरो फोनमा कुरा हुन्छ, उसले होटलमा काम पाइने भन्यो र हामी बलुवाकोट जान घरबाट भाग्यौं।’
   
साजनबाट दुई हजार ८ सय ४५ रुपैयाँ बाहेक अन्य कसैसित कत्ति पनि खर्च नभेटिएको दार्चुलाका प्रहरी प्रमुख सुशीलसिंह राठौरले बताए । साजनसित बुझ्दा उसले घरबाट चोरेर ५ हजार रुपैयाँ ल्याएको र बाँकी रुपैयाँ उनीहरुले खर्चेको बुझिएको प्रहरीको भनाई छ ।

अहिले सबैलाई प्रहरीले उनीहरुको अभिभावकको जिम्मा लगाएको छ । दिउँसोदेखि उनीहरुका अभिभावकलाई फोनबाट सम्पर्क गरेर कार्यालयमा बोलाएर  जिम्मा लगाइएको प्रहरी प्रमुख राठौरले बताए । साजनकी आमा लल्ती कुँवरले राति बच्चा घर नआएपछि बिहानैबाट खोज्न हिँडेको बताइन् । दिउँसो मात्र प्रहरीबाट बच्चाहरु समातेको खबर आफूले पाएपछि खलंगा आएको उनको भनाइ छ ।

ekantipur
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget