पुलिस बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा, भारतको शेरे पराजित

धरान, १८ फागुन, नेपाल पुलिस क्लव धरानमा जारी १८ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा भारतको कालिङ्पोङमा अवस्थित शेरे क्लवलाई ३–० को स्पष्ट अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा ठाउँ बनाएको हो ।
पुलिसलाई जिताउन मध्यान्तरअघि रविन श्रेष्ठले तथा मध्यान्तरपछि भरत शाह र हेम तामाङ्गले गोल गरे ।
 यो खेलसंगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ । पुलिसले अब बिहीबार रुपन्देही ११ संग खेल्नेछ ।
क्वार्टरफाइनलमा रुपन्देहीले आयोजक धरान फुटबल क्लवलाई ४–१ ले स्तब्ध पार्दै अन्तिम चारमा ठाउँ बनाएको थियो ।
पहिलो सेमिफाइनलमा बुधबार सशस्त्र प्रहरी र मनाङ्ग मस्र्याङ्दी क्लव खेल्दैछन् । क्वार्टरफाइनलमा सशस्त्रले पोखरा–११ लाई तथा मनाङ्गले भुटान ११ लाई हराएको थियो ।
aajakokhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget