आज खग्रास सूर्यग्रहण

२०७२ फाल्गुन २६ बुधवार
काठमाडौं: बुधबार दिनभर खग्रास सूर्यग्रहण लाग्ने भएको छ । यो ग्रहण नेपालमा भने खण्डग्रास मात्र देखिनेछ । खगोलशास्त्रीका अनुसार इन्डोनेसियाबाट बलय सूर्यग्रहण भएको देखिन्छ भने अस्ट्रेलिया, न्युजिल्यान्ड, र मलेसियाबाट खण्डग्रास सूर्यग्रहण देखिनेछ ।

नेपाल, भारत, पाकिस्तान आदि देशबाट भने बुधबार बिहान सूर्य उदाउँदा ग्रहण लागिरहेको हुनेछ । एस्ट्रो नेपालका अध्यक्ष जयन्त आचार्यका अनुसार नेपालमा सूर्यग्रहण बिहान ६: १९ बजेबाट मात्र देखिन्छ ।


उनले भने, ‘ग्रहणको समाप्ति साँझ ७:०१ मा हुनेछ तर यो ग्रहण लागेको दृश्य नेपाल, भारत, चीन, पाकिस्तानलगायतका मुलुकबाट सूर्य उदाउँदा देख्न सकिन्छ ।' उनका अनुसार बुधबार देखिने सूर्यग्रहण नांगो आँखाले हेर्न हुँदैन । एक्सरे वा ध्वाँसो लगाएर बनाएको सिसाबाट पनि यो ग्रहण हेरे आँखा बिग्रन सक्ने उनको भनाइ छ । विशेष किसिमका चस्मा लगाएर सूर्य हेर्न सकिने उनले सुझाव दिएका छन् ।

सूर्यग्रहण हेर्दा सूर्यबाट आएका किरणलाई हाम्रो आँखाभित्र पस्न नदिन विभिन्न खालका सावधानी अअनाउनुपर्ने हुन्छ । चन्द्रग्रहण भने जोकोहीले पनि नांगो आँखाले सजिलै हेर्न सक्छन् । सूर्यग्रहण विशेष फिल्टर जडित टेलिस्कोपका माध्यमबाट हेर्न चाहने सम्पूर्ण इच्छुक व्यक्तित्वलाई तक्षशिला एस्ट्रनोमी क्लबले सामाखुसीस्थित तक्षशिला कलेजको छतबाट निःशुल्क रूपमा हेर्नसक्ने व्यवस्था मिलाएको आचार्यको भनाइ छ ।
annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget