कांग्रेसले सुरु गर्‍यो ओली सरकार ढाल्ने तयारी

काठमाडौं, फागुन २५ । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठन गर्ने गृहकार्य सुरु भएको छ ।
देउवा सभापतिमा निर्वाचित भएलगत्तै गएराति सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाका विश्वासपात्र मानिने कांग्रेस नेता बालकृष्ण खाँडले वर्तमान सरकार परिवर्तन हुने बताए ।
उनले वर्तमान सरकार अप्राकृतिक गठबन्धनबाट बनेकाले यसलाई परिवर्तन गरी देउवा नेतृत्वमै नयाँ राष्ट्रिय सरकार गठन गरिने बताए ।
नेता खाँडले संविधान कार्यान्वयनका लागि कांग्रेस नेतृत्वकै सरकार आवश्यक रहेको जिकीर गरे । उनले नवनिर्वाचित सभापति देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजाने दाबी पनि गरे ।
यसैगरी कांग्रेस नेता डाक्टर प्रकाशशरण महतले पार्टी सभापतिमा देउवाको विजयले पार्टीलाई भावनात्मक एकता कायम गरेको दाबी गरे । उनले नवनिर्वाचित सभापति देउवाले पार्टीलाई सकारात्मक दिशामा लैजाने बताए । नेता डाक्टर महतले स्वस्थ निर्वाचनबाट कांग्रेसले नयाँ नेतृत्व चयन गरेकोसमेत बताए ।
-imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget