यात्रुका निम्ति जीवन दिने पाइलटलाई श्रद्धाञ्जलि

बिहिबार, फाल्गुण २७, २०७२
जुम्ला । गत फागुन १४ गते कालीकोटको चिलखाया गाविसमा भएको विमान दुर्घटनामा यात्रु बचाउने विमान चालक तथा सहचालकको बुधवार यहाँ सामूहिक श्रद्धाञ्जलि गरियो । आफू मरेर पनि यात्रु बचाउने पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाको १३औँ दिनको पुण्यतिथिका अवसरमा जुम्लामा सामूहिक श्रद्धाञ्जलि सभा गरिएको हो ।

कर्णाली स्पोर्टस् क्लबद्वारा आयोजित श्रद्धाञ्जलि सभामा प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलले यो निकै सम्झनयोग्य दुर्लभ घटना भएको बताउनुभयो । साहसी पाइलटहरुको उच्च सम्मान र घाइतेको शीघ्र स्वास्थ्योपचारका निम्ति सरकारले प्राथमिकता दिने प्रजिअ पौडेलले जनाउनुभयो ।

कार्यक्रममा दलका प्रमुखहरुले चालकद्वयको राष्ट्रियस्तरमा सम्मानका लागि पहल गर्ने स्थानीयस्तरमा सम्झनास्वरुप घटनास्थल चिलखाया तथा जुम्ला विमानस्थलमा शालिक तथा स्मृतिपार्क तयार गर्ने प्रतिबद्धता जनाएका छन् । श्रद्धाञ्जलि सभामा तीन हजार ३१ जनाले शोक पुस्तिकामा हस्ताक्षर गरेका थिए ।

चालक न्यौपाने र सहचालक रानाको काष्ठमण्डप विमानमा नेपालगन्जदेखि जुम्ला आउने क्रममा जहाजमा एक्कासि खराबी आएपछि आकस्मिक अवतरण गर्न खोज्दा ज्यान गएको थियो । सो जहाजमा सवार एकजना नुवाकोट जिल्लावासीसहित बाँकी आठ जुम्लावासी यात्रुको ज्यान जोगिएको थियो । उनीहरुको अहिले विभिन्न स्थानमा उपचार भइरहेको छ । यो घटना पाइलट मरेर अरु यात्रुलाई जोगाइएको निकै दुर्लभ घटना हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget