युवा संघले सुरु गर्यो अर्काे अभियान, भ्रष्टाचारीलाई नछाड्न पहारीको निर्देशन

– हरिवोल आचार्य
खोटाङ, २० फागुन । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले भारतको नाकाबन्दी र तराई बन्दलाई युवा संघले तराईमा जागरण अभियान सञ्चालन गरेर निस्तेज पारेको बताएका छन् ।
युवा संघ नगरकमिटिको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष पहारीले मधेसको समस्यामा युवा संघ एक्लै लागेर निस्तेज पारेको उनले बताएका हुन् । केपी ओली सरकारले निकै उपलब्धि मुलक काम गरेको बताउँदै उनले भने- ‘सरकारलाई कुनै गलत काम नगर्न आफूहरुले सुझाव दिएका छौ ।’
कार्यक्रमको प्रमुख अतिथिको आशनबाट बोल्दै उनले केपी ओली सरकारमा आएपछि दिन दुई गुणा रात चौगुणा हुन्छ भन्ने थियो तर ओली संक्रमणकालीन परिस्थितिमा आएकाले त्यस्तो हुन सकेन । संविधान जारी हुन नदिनको निमित्त विभिन्न देशीविदेशी चलखेल हुँदा पनि आफ्नो दृण अडान जनताका प्रतिनिधिद्धारा जनताको संविधान जारी गर्दै त्यसपछिका असहज परिस्थितिको वार्ता र संवादबाट समाधान गराए, अध्यक्ष पहारीले भने सरकारले भारत भ्रमणमा नेपालको हित विपरीत कुनै सम्झौता गरेको छैन भने ।
उनले अबको युवा संघ अर्जुन दृष्टिका साथ सामाजिक सांस्कृतिक र आर्थिक विकासमा जोड दिदै समृद्ध नेपाल निर्माणमा लाग्ने बताए ।

देशमा भ्रष्टाचार बढी रहेको बताउदै युवा संघले देशभर कार्यालयमा अनुगमन सुरु गर्ने उनले बताए । कानुन हातमा हैन साथमा लिएर युवा संघलाई भ्रष्टाचारको विरुद्ध लाग्न युवा संघलाई निर्देशन समेत दिए ।
आफू खोटाङ आउँदा व्यापक भ्रष्टाचार भएको पाइएकाले नेपाल विद्युत प्राधिकरणबाट छानबिन गरि भ्रष्टाचार न्यूनिकरणमा राज्यलाई सहयोग गर्न युवा संघलाई उनले आदेश समेत दिएका छन् ।
बुधबार खोटाङ विद्युत् प्राधिकरणका हाकिम पुरुषोतम रेग्मीले प्रशासनमा गरेको लाहाचार प्रस्तुतिप्रति खेद प्रकट गर्दै गलत काम गर्ने कर्मचारी नछोड्न समेत युवाहरुलाई निर्देशन दिएका छन् । जनताको करले तलब खाएर सांसदसंग ठूला कुरा गर्ने कर्मचारीलाई युवा संघले नछोड्ने समेत बताएका छन् ।
नगर कमिटी अध्यक्षमा भिम राई
न्याय प्रेमी युवाहरु युवा संघमा सामाजिक परिवर्तन युवाको काँधमा भन्ने मुल नाराका साथ सम्पन्न युवा संघको प्रथम नगर अधिवेशनले भिम राईको अध्यक्षतामा ७५ सदस्य नगर कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा जोसेफ रिजाल, सचिव ज्ञान प्रसाद ढुगांना, सह सचिव सबिन राई र कोषाध्यक्षमा दिकु शेर्पा ‘ए’ सर्वसम्मत चयन गरिएको युवा सघंका नेता दिलचक्र राईले बताए ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget